Comments Add Comment

एमाले र मधेसी मोर्चाले राष्ट्रियता कमजोर बनाए : मन्त्री लेखक

बैशाख ५, डोटी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले एमाले र मधेसी मोर्चा दुबैले राष्ट्रियता कमजोर पारेको बताएका छन् ।

दुबैले हिमाली, पहाडी र मधेसीहरूवीच द्वेष फैलाएको भन्दै  उनले एमालेले पहाड र मधेसी मोर्चाले मधेसको राजनीति गरेर राष्ट्रियतालाई कमजोर बनाएको दावी गरे ।

‘पहाडी, हिमालीहरुमा मधेशी जनताप्रति बिष छर्ने काम एमालेले गरिरहेको छ,’ उनले भने,’मधेसी मोर्चाले पहाडी जनताप्रति मधेसी जनतामा बिष छर्ने काम गरिरहेका छन्, यसले राष्ट्रियतालाई कमजोर बनाएको छ ।’

डोटीको आदर्श गाउँपालिकामा रहेको प्रभात माबिमा मंगलबारबाट सुरु भएको प्रभात शैक्षिक तथा धार्मिक महोत्सवको उद्घाटनका क्रममा डोटी पुगेका मन्त्री लेखकले यस्तो बताएका हुन् ।

प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मधेसी मोर्चा चुनावमा आउन तयार भएकाृ खण्डमा दुई चरणमा चुनाव गर्न सकिने समेत बताए ।

‘निर्वाचन आयोग र सरकार निर्वाचनका लागि तयार भइसकेको छ’ उनले भने,’ ‘त्यो भन्दा पछि निर्वाचन सार्न सकिने अवस्था छैन तर प्रदेश नं. २ का सवालमा मधेशी मोर्चा निर्वाचनमा आउने निश्चित भएमात्र अर्को चरणमा निर्वाचन गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment