Comments Add Comment

सर्वोच्चको आदेशः पढाई हुने समयमा भृकुटीमण्डपमा राजनीतिक कार्यक्रम गर्न नदिनू

५ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले प्रदर्शनी मार्गका शिक्षण संस्थाहरु सञ्चालन अवधिमा भृकुटीमण्डपमा राजनीतिक कार्यक्रम गर्न नदिन अन्तरिम आदेश दिएको छ ।

राजनीतिक दल, तीनका भ्रातृ संगठनले सभा सम्मेलन लगायतका कार्यक्रम गर्दा ध्वनी प्रदुषण, ट्राफिक अव्यवस्था भई आवतजावत र पढाई प्रभावित भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले प्रदर्शनीमार्गमा रहेका शिक्षण संस्था संचालन अवधिभर कुनै पनि दल, तीनका भ्रातृ संगठन, अन्य संघ संस्थालाई पठनपाठनमा अवरोध पुग्ने गरी कुनै कार्यक्रम गर्न नदिन अन्तरिम आदेश दिएको छ । साथै शिक्षण संस्था संचालन नभएको समयमा कार्यक्रम गर्दा समेत ध्वनी प्रदुषण हुने साधन प्रयोग गर्न नदिन भनेको छ ।

इजलासले रिटलाई अग्राधिकार समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment