Comments Add Comment

एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

निर्मल भट्टराई एमालेमै फर्किए

५ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ ।

मधेसी मोर्चा नआए निर्वाचन हुन नसक्ने अभिव्यक्ति दिने प्रधानमन्त्री र गृहमन्त्रीलाई पदमा बसिरहने अधिकार नभएको एमाले कार्यबहाक अध्यक्ष बामदेव गौतमले बताए । निर्वाचन गराउने दायित्व बोकेकाहरुले निर्वाचन नहुने सन्देश दिएर संविधान विरोधी काम गरेको भन्दै उनले आक्रोश पनि व्यक्त गरेका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा काठमाडौंमा आयोजित पार्टीको केन्दि्रय सम्पर्क भेलालाई सम्बोधन गर्दै कार्यबहाक अध्यक्ष गौतमले निर्वाचन एकै चरणमा सम्पन्न हुनेमा शंका नगर्न पार्टी नेता कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालल बैशाख ३१ को निर्वाचन कुनै हालतमा नरोकिने दाबी गरे । निर्वाचन हुने र मुलुकमा एमालेलाई विजयी हुनबाट कुनै पनि शक्तिले रोक्न नसक्ने उनको दमाबी छ ।

नेता माधवकुमार नेपालले निर्वाचन हुन नदिन भइरहेको षडयन्त्रलाई परास्त गर्दै मुलुकमा निर्वाचन सम्पन्न गराइने बताए । उनले निर्वाचन अभियानमा सम्पूर्ण शक्ति परिचालन गर्न पनि पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

महासचिव ईश्वर पोखरेलले अनुचित माग राखेर मधेसी मोर्चाले देशलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाए ।

कार्यक्रममा नयाँ शक्ति पार्टी छाडेका निर्मल भट्टराईसहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । एमालेबाट माओवादी केन्द्र हुँदै नयाँ शक्ति पार्टी पुगेका भट्टराई पार्टीले कारबाही गरेपछि एमाले नै फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment