Comments Add Comment

बलिउड अभिनेत्री आलिया भट्टको समर स्पेशल टिप्स

गर्मीको मौसममा कसरी आफुलाई फिट एन्ड फाइन राख्ने ? आलिया भट्टसँग यसको जवाफ छ । त्यसैले त उनले अहिले समर स्पेशल टिप्स शेयर गरेकी छिन् । चर्कदै गएको गर्मीमा कुल र स्टाइलिस देखिने उनको काइदा के छ त ?

स्वंमलाई हाइड्रेट राखौं

चाहे मौसम जतिसुकै गर्मी होस्, तपाई आफ्नो दैनिक कामलाई छाड्न सक्नुहुन्न । कार्यलय धाउनै पर्‍यो, घरासयी काम गर्नैपर्‍यो । व्यापार व्यवसाय चलाउनै पर्‍यो । त्यसैले सर्बोत्तम हुन्छ कि, तपाईले स्वंमलाई हाइड्रेड राख्नुहोस् । पर्याप्त पानी पिउनुहोस् । कागती पानी, आइस टि सेवन गर्न सक्नुहुनेछ ।

सहज आउटफिट्स

गर्मीमा यस्तो पहिरन छनौट गर्नुहोस् कि, जसले तपाईको दैनिकी असहज नबनाओस् । थप गर्मी महसुष नहोस् । हल्का, खुला र सजिलो लुगा लगाउनुहोस् । लिनन, मलमलको हल्का पहिरन उपयुक्त हुन्छ ।

स्वंमलाई फिट राख्ने

चर्को गर्मीमा आफुलाई फिट राख्न त्यती सहज छैन । गर्मीले गर्दा काम गर्न जाँगर चल्दैन । अल्छी लाग्न सक्छ । तर, नियमित कामलाई थाँती नराखौं । हल्का व्यायाम गरौ, जुम्बा वा स्विमिङले पनि आफुलाई फिट राख्न सकिन्छ ।

सनग्लास आवश्य लगाउने

गर्मीमा सन ग्लासले तपाईलाई सितलता महसुष गराउने छ, आँखाको रक्षा गर्ने छ । यससँगै स्टाइलिस र ट्रेन्डी पनि देखाउनेछ ।

पहाडको यात्रा

गर्मीबाट राहत पाउनका लागि तपाई पहाडतिरको यात्रा गर्न सक्नुहुन्छ । त्यहाँ चल्ने सितल हावाले तपाईलाई ताजा महसुष गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment