Comments Add Comment

झापामा शेरबहादुर देउवाको डान्स ! (भिडियोसहित)

केपी ओलीविरुद्ध देउवा र निधी आक्रामक

६ बैशाख, झापा । नेपाली कांग्रेसले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा शक्ति प्रदर्शन गर्‍यो । शक्ति प्रदर्शनमात्रै गरेन, मञ्चमा कांग्रेस नेता शेरबहादुर देउवा कम्मर मर्काएर छमछमी नाचे ।

दमक नजिकै कमल गाउँपालिकाको आदिवासी जनजाति रङ्गशालामा भएको प्रदेशस्तरीय आमसभामा हजारौं कार्यकर्ता सहभागी थिए ।

कांग्रेस सभापति देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, डा. शेखर कोइराला लगायतको सम्बोधन सुन्न प्रदेश नं. १ का प्रायः सबै जिल्लाबाट कांग्रेसका कार्यकर्ताहरु आएका थिए ।

एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रमा पुगेर देउवा छमछम नाचेका हुन् । नेविसंघका अध्यक्ष नैनसिंह महरले लेखेको कांग्रेसको चुनावी गीत विमोचनपछि उनी नाचेका हुन् ।

गीतको बोल थियो-

आयो आयो आयो कांग्रेस गाउँ बस्ती ब्युँझाउँदै
हिमाल पहाड मधेस, कांग्रेसले दिन्छ एकताको सन्देश

गीत विमोचनपछि कार्यकर्ताहरु नाच्न थाले । कार्यकर्ताले देउवालाई पनि मञ्चमा ताने । त्यसपछि उनी उठे । र, क्रमशः रामचन्द्र पौडेल, शशांक कोइराला लगायतका अन्य शीर्ष नेताहरु पनि केहीबेर नाचे ।

मञ्चमा नाचेका नेतालाई त्यहाँ उपस्थित कार्यकर्ताले साथ दिएका थिए ।

 

केपी ओलीविरुद्ध देउवा र निधी आक्रामक

कार्यक्रममा कांग्रेस सभापति देउवा ओलीविरुद्ध आक्रमक रुपमा खनिए । ओलीकै निर्वाचन क्षेत्रमा पुगेर उनले भने, ‘केपी ओली त मलाई ठूलो मान्छे जस्तो लागेको थियो, तर छोटा मान्छे रहेछन् ।’

आदिवासी रङ्गशालाको नामको विषयमा रहेको विवादलाई लक्षित गर्दै देउवाले यस्तो बताएका हुन् । यो रंगशालामा एमालेले मदन भण्डारीको नाम जोड्न खोजेको कांग्रेस नेताहरुले बताउँदै आएका छन् ।

आदिवासीसँग जोडिएको नामलाई परिवर्तन गराएर मदन भण्डारीको नाम जोड्न खोज्नु मृत्यु भइसकेको सम्मानित नेताको बद्नाम गर्नु भएको देउवाले सभामै टिप्पणी गरे । यस्तो विषयमा पनि राजनीति गर्नु अचम्मको कुरा भएको भन्दै देउवाले आश्चर्य व्यक्त गरे ।
देउवा मात्र होइन, कांग्रेस नेता एवम् गृहमन्त्री विमलेन्द्र निधि पनि ओलीविरुद्ध आक्रमक रुपमा प्रस्तुत भए ।

निधीले हिजो गणतन्त्र र लोकतन्त्र आउँछ भन्दा नपत्याउने व्यक्ति केपी ओली नै भएको भन्दै पुराना अखबार पल्टाएर हेर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment