Comments Add Comment

चुनावमा वाईसीएलको पनि सुरक्षा, एक बुथ-एक सय ‘युथ’ परिचालन

७ बैशाख, काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाईसीएलले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी हरेक निर्वाचन स्थलमा एक सय जना युवालाई परिचालन गर्ने निर्णय गरेको छ ।

निर्वाचन स्थल, मतदाता तथा उम्मेदवारको सुरक्षालाई ध्यान दिँदै ‘वान बुथ, एक सय युथ’ परिचालन गरिने वाईसीएलका संगठन बिभाग प्रमुख रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए ।

दिपशिखाकै नेतृत्वमा १५ सय ५५ सदस्यीय युवा परिचालन समितिसमेत गठन गरिएको छ ।

‘गाउँ-गाउँमा सरकार, घर-घरमा रोजगार’को नारासहित वाईसीएल चुनावमा होमिएको छ ।

वाईसीएलले बैशाख १३ गते ७५ वटै जिल्लामा चुनाव प्रचारलाई ध्यान दिँदै आ-आफ्नो सापेक्षतामा ‘युवा मार्चपास’ गर्ने निर्णय गरेको छ ।

यसैबीच बैशाख ९, १० र ११ गते गर्ने भनिएको एकताको सम्मेलन चुनाबको कारण जेठ १५, १६ र १७ गते काठमाडौंमा गर्ने निर्णय वाईसीएलले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment