Comments Add Comment

४ दिनमै सुक्यो डेढसय मिटर चौडा नदी


जलवायु परिवर्तनको निकै नराम्रो असर अहिले विश्वका नदीहरुमा पनि देखिन थालेको छ । जलवायु परिवर्तनको प्रभावकै कारण क्यानडाको एउटा नदी ४ दिनमै चक्रक्कै सुकेको छ । क्यानडामा वग्ने स्लिम्स नदी केवल ४ दिनमै सुकेर लोप भएको हो ।

अनुसन्धानकर्ताहरुले यसलाई जलवायु परिवर्तनको असरका रुपमा व्याख्या गरेका छन् । वैज्ञानिकहरुले प्रकृतिको यो आश्चर्यजनक घटनालाई रिभर पाइरेसी अर्थात् नदीको चोरी भन्ने नाम दिएका छन् ।

क्यानडाको सबैभन्दा ठूलो हिमनदी कास्काउल्सबाट सुरु हुने स्लिम्स नदी क्लाउन नदीमा गएर मिसिन्छ । जुन पछि युकोन नदी हुँदै बेरिंग सागरमा पुग्दछ । डेढसय मिटर सम्म चौडा रहेको स्लिम्स नदी सदियौँ देखि निरन्तर रुपमा वग्दै आएको थियो ।

द गार्जियनको रिपोर्ट अनुसार जलवायुमा आएको परिवर्तनका कारण हिमनदीको हिउँ निकै तिब्र गतिमा पग्लियो जसका कारण हिमनदीबाट निस्कने तिव्र गतिको पानीको बहावले अर्कै दिशा लियो । जसका कारण हिमनदीको पानी स्लिम्स नदीमा नभै अलास्का नदीमा पोखिन थाल्यो ।

वास्तवमा तिव्र बहावका कारण हिमनदीबाट बगेको पानीले फरक धार बनायो । जसका कारण स्लिम्स नदी आफ्नो पूरानो मार्गमा झण्डै लोप नै भएको छ । अर्थात् नदी वग्ने पूरानो ठाउँ अहिले सुख्खा बनेको छ । अहिले हिमनदीको पानी अलास्काको खाडीतर्फ बग्न थालेको छ ।

गार्जियनको रिपोर्टमा एक भूवैज्ञानिकले आफुले उक्त क्षेत्रको भ्रमण गरेको र नदी पूरानो मार्गमा लगभग सुकिसकेको बताएका छन् ।वैज्ञानिकहरुका अनुसार यस्तो खालको ठूलो परिवर्तनका लागि निकै लामो समय लाग्ने गर्दछ ।

यसअघि स्लिम्स नदी र अलास्का नदी लगभग उत्राउत्रैै थिए । तर अहिले जलवायु परिवर्तनका कारण स्लिम्स नदी झण्डै गायब भएको छ भने हिमनदीको बहान अलास्का नदीतर्फ जाँदा अलास्का नदी निकै ठूलो बनेको छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment