Comments Add Comment

नेशनल लाइफका लगानीकर्ताले अब हकप्रद सहित बोनस पाउने


७ बैशाख, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले अब शतप्रतिशत हकप्रद नदिएर २५ प्रतिशत बोनस सेयर दिने गरि लाभांश प्रस्ताव संशोधन गरेको छ ।

नयाँ संशोधनसँगै लगानीकर्ताले अब २५ प्रतिशत बोनस सेयर र ७५ प्रतिशत हकप्रद सेयर पाउने भएका छन् । शत प्रतिशत हकप्रदमा जाँदा पूर्ण लगानी गर्नुपर्ने लगानीकर्ताहरुले अब २५ प्रतिशत भने बिना लगानी पाउने छन् । नेप्सेले सार्वजनिक गरेको कम्पनीको पत्रमा यस्तो उल्लेख छ ।

हाल १ अर्ब ३२ करोड चुक्ता पुँजी रहेको कम्पनीले १ अर्ब ३२ करोड बराबर कै हकप्रद जारी गर्ने योजना बनाएको थियो । तर बिमा समितिको नयाँ निर्देशनले जीवन बिमा कम्पनीको पुँजी २ अर्ब पुग्नुपर्ने व्यवस्था गरेपछि कम्पनीले प्रस्ताव संशोधन गरेको हो ।

समितिको नयाँ निर्देशन आउनु अघि जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब हुने व्यवस्था आउन लागेको हल्ला चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment