शनिबार, ४ कार्तिक, २०७४
OnlineKhabar.com

सिटिजन्स बैंकको दशक बचत खाता शुभारम्भ, बिभिन्न संस्थालाई २५ लाख ८० हजार सहयोग

अनलाइनखबर

७ बैशाख, काठमाडौं । सिटिजन्स बैंकले दशौं वर्ष पुरा गरेको अवसरमा सिटिजन्स दशक बचत खाता शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष शंकर प्रसाद शर्माले सो खाताको शुभारम्भ गरे ।

न्यूनतम मौज्दात रु. ५ हजार रहनुपर्ने यस खाातामा ५ प्रतिशत व्याजदर प्राप्त गरिने तथा निःशुल्क ए.वि.वि.एस., निःशुल्क डिम्याट सेवा प्राप्त गर्नुका साथ लकर शुल्कमा पनि ५० प्रतिशत छुट प्रदान गरिने बैंकले उल्लेख गरेको छ ।

बिभिन्न संघसंस्थालाई २५ लाख ८० हजार सहयोग गरेको छ । २०६४ बैशाख ७ गते देखि २० आंै वाणिज्य बैंकको रुपमा बैंकिङ कारोबार सुरु गरेको यस बैंकले विहीबार आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा यस्तो सहयोग गरेको हो । बैंकले चितवन मानव सेवा आश्रम, संगीतकार संघ नेपाल, स्नो याक फाउन्डेसन, साथ र बेबी लाईफ होम, आरोग्य फाउन्डेसन, कमल निम्न माध्यामिक विद्यालय लगायत अन्य बिभिन्न संस्थालाई सहयोग गरेको हो ।

सिटिजन्स गल्फ प्रतियोगिता २०१७ आयोजना गरेको बैंकले निकट भविष्यमा पाँचौं सिटिजन्स लन टेनिस प्रतियोगिता पनि आयोजना गर्ने बैंकले कार्यक्रममा जानकारी दिएको छ ।

बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलंकाका भेत्राण क्रिकेट खेलाडीहरु बिच आयोजना हुन लागेको क्रिकेट खेल सञ्चालनका लागि ३ लाख आर्थिक सहयोग गरेको छ । यी खेलकुद कार्यक्रमहरु लगायत बैंकले स्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममा ४७ लाखको योगदान गरेको छ । आगामी दिनहरुमा पनि यस्तै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिवद्धता शर्माले व्यक्त गरे ।

२०७४ वैशाख ७ गते १५:१७ मा प्रकाशित (२०७४ वैशाख २८ गते ११:५९मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this