Comments Add Comment

सगरमाथा नाप्न नेपाल र भारतबीच हानाथाप


८ वैशाख, काठमाडौं । सगरमाथाको उचाइ मापन भारतीय नापी विभागले संयुक्तरुपमा गर्ने भने पनि सरकारले आगामी साउनदेखि आफैं नाप्ने तयारी थालेको छ ।

त्यसका लागि टोकनका रुपमा अर्थ मन्त्रालयसँग १० लाख रुपैयाँ बजेट प्रस्ताव गरिसकिएको नापी विभागले जानकारी दिएको छ । साउनदेखि नाप्ने कामको प्रारम्भ गरिने बताइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा संसारभर चिनिएको शिखर हो ।

विश्वकै अग्लो चुचुरो सगरमाथाको उचाइ संयक्तरुपमा पुनः नाप्नका लागि भारतले नेपालसँग केही दिनअघि प्रस्ताव राखेको खबर सार्वजनिक भए पनि यसबारे आफूलाई केही जानकारी नभएको विभागका महानिर्देशक गणेशप्रसाद भट्टले बताए ।

इन्डो नेपाल साइन्टिफिक एक्पिडिसन नेपाल र भारतको संयुक्त टोलीले सगरमाथाको उचाइ नाप्नका लागि प्रस्ताव गरेको भारतका विज्ञानमन्त्री हर्ष बर्दनले भारतीय सञ्चारमाध्यमलाई बताएका थिए । तर, नेपाल सरकारले भने भारतसँग संयुक्तरुपमा नाप्ने कुरा स्वीकार्य नभएको बताएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment