Comments Add Comment

गृहमन्त्रीको मन्त्रिपरिषद् बैठक बहिस्कारः प्रधानमन्त्रीय पद्धतिकै धज्जी

८ वैशाख, काठमाडौं । वरीयतामा असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पटकपटक मन्त्रिपरिषद् बहिष्कारले प्रधानमन्त्रीय (बेस्ट मिन्स्टिर) पद्धतिकै धज्जी उडेको छ ।

मुलुकको सुरक्षा नेतृत्व सम्हालेका गृहमन्त्रीले नै वरीयताको निहुँमा मन्त्रिपरिषद् बैठक बहिष्कार गरेपछि निर्वाचन सुरक्षामा समेत असहज अवस्था देखिएको छ ।

प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बनाएर सरकारमा भित्र्याएपछि वरीयता विवाद उत्पन्न भएको हो । यो विवादका कारण समग्र मुलुक नै बन्धक भएको छ । वरीयता विवादले गर्दा चैत ३ देखि २८ सम्म मन्त्रिपरिषद् बैठक अवरुद्ध भयो भने त्यसयताका बैठक पनि निधिले निरन्तर बहिष्कार गर्दै आइरहेका छन् ।

राजनीतिक शास्त्रका प्राध्यापक लोकराज बराल दुई मन्त्रीबीच वरीयता विवादले प्रधानमन्त्रीय पद्धतिकै धज्जी उडेको बताउँछन् । उनले प्रधानमन्त्रीको निरीहताका कारण यस्तो भएको बताएको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment