Comments Add Comment

छिट्टै पार्टी एकता गर्न बाबुराम भट्टराई र उपेन्द्र यादव सहमत

८ बैशाख, काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम छिट्टै पार्टी एकता गर्न सहमत भएका छन् । साथै पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन ‘पार्टी एकता संयोजन समिति’ गठन भएको छ ।

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै पार्टी एकता संयोजन समिति गठनको घोषणा गरेका हुन् ।

दुई पार्टीका प्रमुख डा. भट्टराई र यादवसँगै संघीय समाजवादी फोरमका संसदीय दलका नेता अशोक राई छन् । यस समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने सहमति भएको छ, वक्तव्यमा भनिएको छ ।

साथै संघीय गठबन्धन, मधेशी मोर्चा तथा ६८ दलीय संयुक्त संघर्ष समितिले अघि सारेका माग सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment