Comments Add Comment

प्रधानमन्त्रीले बोलाएको बैठकमा उपेन्द्र यादव गएनन्

८ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव गएनन् ।

प्रधानमन्त्री प्रचण्डले सत्तारुढ कांग्रेस र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर, यादवले आफू नगएर वरिष्ठ नेता अशोक राई र उपाध्यक्ष राजेन्द्र श्रेष्ठलाई पठाएका छन् ।

बैठकमा नवगठित राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सबै सदस्य छन् । मधेसी मोर्चामा आवद्ध ६ दलले एकता गर्दै राष्ट्रिय जनता पार्टी बनाएका थिए ।

कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत छन् ।

आजको बैठकमा स्थानीय तहको चुनाव र संविधान संशोधन विधेयकमा सहमतिको प्रयास हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment