Comments Add Comment

एपेक्श डिजिटलको नवौं स्मार्ट स्टोर विराटनगरमा


८ वैशाख, विराटनग । एपेक्स डिजिटलको नवौं स्मार्ट स्टोर विराटनगरमा खुलेको छ । बुधवारदेखि स्टोरले आफनो नवौ साखा विराटनगरमा खोलेको हो । मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले स्टोरको उदघाटन गरेका थिए ।

स्टोरमा ग्राहकहरुले विभिन्न ब्राण्डहरु विच आकर्षक डिजिटल डिस्प्लेमा सजिलै अवलोकन, अनुभव र तुलना गर्न सक्ने ब्राण्डका म्यानेजर प्रकाश सुवेदी जानकारी दिए ।

उनले भने ुविराटनगर मेन रोडमा रहेको यस्तो स्मार्ट स्टोर हो जहाँ एउटै छानामुनि ग्राहकले विभिन्न ब्राण्डहरुका मोवाइल सेट र एसेसरिज टच, फिल एण्ड कम्पेयर गरी खरिद गर्न सक्नेछन् ।

एक बर्षभित्र ४० वटा चेन स्टोर खोल्ने तयारी गरेको स्टोरले यसअघि काठमाण्डौं, भक्तपूर, पोखरा, नारायणघाट, दाङ, धरान, इटहरी र दमकमा साखा खोलको थियो ।

स्टोरमा आईफोन, सामसुङ,नोकिया, जिओनीलगाय विश्व चर्चित ब्राण्डका मोवाईल सेटहरु उपलब्ध रहेको सुवेदीले जानकारी दिए ।

स्टोर उद्घाटनका अवसरमा विभिन्न आकर्षक छुट र प्रत्येक खरिदमा ग्राहकहरुले हात खालि नजाने स्पेशल गिफ्ट हृयाम्पर र ऐसेसरिजमा ५०Ü सम्म छुटको व्यावस्था गरिएको छ । स्टोरले एसोसरिजमा तीन महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment