Comments Add Comment

ईटालीको रोम पुर्‍याइयो नवलपरासीको मौलाकालिका मन्दिर

रोम । ईटालीको रोममा अप्रिल २२ बाट शुरु हुन लागेको अन्तर्राष्ट्रिय मेलामा पहिलो पटक नेपाली मन्दिर र झण्डै एक दर्जन बिभिन्न जनजातिका पोशाकहरुको प्रदर्शन हुने भएको । यसै मेलामा वर्तमान विश्व संरचनामा नेपाली हस्तकला र यसको बजारीकरण बिषयक अन्तरक्रिया कार्यक्रम पनि गरिँदैछ ।

कार्यक्रममा गैह्रआवासीय नेपाली संघका पूर्वकेन्द्रीय अध्यक्ष, वर्तमान प्रमुख संरक्षक तथा ब्यापारी जिवा लामिछाने, गैह्रआवासीय संघका केन्द्रीय उपाध्यक्ष कुमार पन्त, गैह्रआवासीय संघका अन्य मुलुकका पदाधिकारी, कलाकार, लेखक, पत्रकार तथा युरोपमा नेपाली उत्पादनको ब्यापार गरिरहेका तीन दर्जनभन्दा बढी ब्यवसायीहरुको सहभागीता हुनेछ । कार्यक्रममा ब्यापारी जीबा लामिछानेको पुस्तक सर्सर्ति संसारको बिमोचनसमेत गरिने भएको छ ।

विश्वकै एक औद्योगिक देश ईटालीका बिभिन्न शहरमा आयोजना हुने बिभिन्न अन्तर्राष्ट्रिय ब्यापारिक र साँस्कृतिक मेलाहरुमा लामो समयदेखि नेपालीहरुको सहभागिता रहने गरेको थियो । त्यसमा एशियाली क्षेत्रका अन्य मुलुकले आफ्नो साँस्कृतिक, भौगोलिक, कला कौशल र देश चिनाउने बिभिन्न धरोहरहरु निर्माण गरी त्यस्ता मेलामा आफ्नो देशको पहिचान दिन्थे । तर नेपालीहरुको तर्फबाट त्यस्तो खासै हुनसकेको थिएन ।

त्यसैले यहि अप्रील २२ बाट ईटालीको रोम शहरमा हुने अन्तर्राष्ट्रिय ओरियन्टल मेलामा नेपालको कला कौशलको पहिचान होस् भनेर एभरेस्ट क्राफ्ट प्रालीले नवलपरासी जिल्लाको कालिकास्थानमा रहेको मौलाकालिका मन्दिरको प्रतिक निर्माण गरी रोममा प्रदर्शन गर्न लागेको छ । त्यसकासाथै बिभिन्न जनजातिका भेषभुषाहरुपनि यो मेलामार्फत परिचित गराउन लागेको छ ।

नेपाली कलाकौशल र साँस्कृतिक महत्व देखाउने उद्देश्यले ईटाली ल्याइएको यो मन्दिरले सम्पूर्ण नेपाली ब्यापारीको हित गर्नुकासाथै समग्रमा नेपाल र नेपालको साँस्कृतिक महत्वलाई प्रवर्धन गर्ने विश्वास लिइएको छ ।

रोमबाट शुरु हुन लागेको नेपाली मन्दिरको स्थापना र मौलिक भेषभुषाहरु ईटालीका अन्य शहरहरुमा पनि लगेर प्रदर्शन गरिने एभरेष्ट क्राफ्टले जनाएको छ ।

करिब चार मिटर उचाई, १४ सय ५० किलो तौल र तीन मिटर लम्बाई रहेको यो मन्दिरको उदघाटन रोमकालागि नेपाली कन्सुलर, गैह्रआवासीय नेपाली संघका प्रमुख संरक्षक, लेखक तथा ब्यापारी जीवा लामिछानेले गर्नेछन् । साथै गैह्रआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुमार पन्त, नेपाली सञ्चारकर्मी र अन्य विशिष्ठ ब्यक्तिहरुको पनि सो अवसरमा उपस्थिति रहनेछ ।

त्यसैगरी २१ अपि्रलका दिन ‘वर्तमान विश्व अर्थतन्त्रमा नेपाली हस्तकला र यसको बजारीकरण’ बिषयक अन्तरक्रिया कार्यक्रम हुनेछ ।
मन्दिर ब्यापारिक मेला भित्रै राखिने भएकाले मेलामा प्रवेश दस्तुर १० युरो लाग्ने भएतापनि मन्दिर उदघाटनको समयमा भने निःशुल्क प्रवेशको ब्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment