Comments Add Comment

‘कोइला सम्राट’ र कोइला साम्राज्ञी बन्न बोरा बोकेर दौड ! (भिडियो सहित)


म्याराथन देखि १ सय मिटर सम्मका विभिन्न खाले दौडका विजेताहरुले पुरस्कारको रुपमा नगद तथा पदक पाउने गरेको त देख्नुभएकै हो । तर हालै बेलायतको डरहाममा एउटा रोचक दौडको आयोजना गरियो ।

दौडमा सामेल सबै पुरुषहरुले पिठ्यूँमा कोइलाको ५० किलोको बोरा बोकिरहेका थिए ।

आधा क्विन्टल कोइला बोकेर दौडिने दौड सुन्दा अनौठो लाग्छ । सायद यस्तो दौड विश्वमै एउटा मात्र यस्तो दौड हो, जहाँ कोइलाको बोरा बोकेर दौडिइन्छ ।

यो दौड प्रतियोगिता जित्ने धावकलाई विश्वको कोइला सम्राटको उपाधि दिइएको छ । उक्त उपाधि जितेका छन् एन्ड्रयू कंरिगनले । सबै प्रतियोगीलार्य पछि पार्दै उनले उक्त दौड ४ मिनेट ३१ सेकेण्डमै समाप्त पारे । पुरुष विधामा ५० किलो कोइला बोकेर ११ सय मिटर दौडिनु पर्दछ ।

उता महिला विधामा भने २० किलोको बोरा बोकेर दौडिए पुग्छ । महिला विधातर्फ ४ मिनेट ३० सेकेण्डमै दौड पूरा गरी जेन्नी मोस्त्रामले कोइला साम्राज्ञीको उपाधि चुमिन् ।

यो अनौठो दौडको इतिहास पनि रोचक नै छ । सन् १९६३ मा कोइलाखानी भएको उक्त सहरमा दुईजना व्यक्तिहरुबीच आफुहरुबीच को धेरै तन्दुरुस्त छ भन्ने विषयमा चर्काचर्की नै परेछ । सो कुराको फैसला गर्नका लगि उनीहरुले कोइलाको बोरा बोकेर दौडिने निधो गरेछन् । भारी बोकेर निर्धारित दौड जसरी छिटो पूरा गर्दछ उहीँ नै बढि तन्दुरुस्त हुने ट्ंगो लागेछ । त्यसपछि हरेक वर्ष इंगल्याण्डमा यो प्रतियोगिता हुँदै आएको छ ।

पछिल्लो समयमा मृगौला प्रत्यारोपण गरेकाहरुले समेत यो प्रतियोगितामा भाग लिन थालेका छन् र यसलाई विश्व कोइला बोक्ने च्याम्पियनसीपको नाम दिइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment