Comments Add Comment

एउटै घरमा कसरि खिचियो ‘मन्दिरा’ ?


चलचित्र निर्माणका लागि थुप्रै लोकेशनको खोजी हुन्छ । लोकेशन खोजेर चलचित्रकर्मीले केही समय बिताउँछन् । तर, असार ३ गतेबाट रिलिज हुने चलचित्र ‘मन्दिरा’का लागि भने लोकेशन खोज्न त्यती अप्ठ्यारो भएन ।

एउटा घरमा घटेको प्रतिनिधी घटनालाई आधार बनाएर निर्देशक दीपेश सापकोटाले चलचित्र निर्देशन गरेका छन् । भट्ट एन्ड सन्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा जेवी डीसी, नरेन खड्का, प्रवण भुषाल, लक्ष्मी बस्नेत, विना पोख्रेल, विनिता वली लगायतका कलाकारको मुख्य भूमिका छ ।

हरि भट्टले लगानी गरेको यो चलचित्रमा उज्ज्वल ढकालको सम्पादन, देव राइको संगीत, सुसन प्रजापतिको छायांकन छ । निर्देशक सापकोटा भन्छन्-‘यो चलचित्रको लोकेशन सिमित भएपनि कथावस्तु निकै फराकिलो छ । नेपाली चलचित्र क्षेत्रका लागि ‘मन्दिरा’ एउटा प्रयोग पनि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment