Comments Add Comment

भारतलाई राष्ट्रपतिको आश्वासनः कस्तुरी अभावबारे सरकारसँग कुरा गर्छु

८ बैशाख, काठमाडौं । भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्या भण्डारीले नेपाल फर्कनु अघि उडिसामा रहेको पुरी जगन्नाथ मन्दिरको दर्शन गरेकी छन् ।

राष्ट्रपतिले मन्दिरमा रहेको कस्तुरी अभाव सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएकी छन् । रथ यात्राको क्रममा मुख श्रृंगारका लागि कस्तुरी प्रयोग गर्ने प्रचलन छ ।

नेपालका राजाले कस्तुरी दिने गरेका थिए । तर, राजतन्त्र अन्त्य भएपछि यो रोकिएको छ ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘मन्दिरको दर्शन गर्न पाउँदा म खुसी छ । म कस्तुरी अभावबारे नेपाल सरकारसँग कुरा गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment