Comments Add Comment

नयाँ शक्ति जुट्यो स्थानीय चुनावको तयारीमा

८ बैशाख, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले आसन्न स्थानीय तहको चुनावमा सहभागी हुने निर्णय गरेको छ । उसले पार्टीको सम्पूर्ण शक्ति चुनावको तयारी र दलीय चुनाव चिन्हका लागि संघर्षमा लगाउने निर्णय गरेको छ ।

नयाँ शक्तिको केन्द्रीय कार्यसमिति बैठकले स्थानीय तह चुनावका लागि एक साताभित्र पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।

नयाँ शक्तिले विचार, सिद्धान्त र ५ सका अवधारणामा सहमत हुने शक्तिसँग कार्यगत एकता वा चुनावी तालमेललाई खुला राख्ने निर्णय पनि लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment