Comments Add Comment

चितवनको एकमात्र गाउँपालिकामा दलहरुले लगाए उमेद्वारको टुंगो

राप्ती नगरपालिकामा कांग्रेसले ओलीलाई अघि सार्‍यो

८ बैशाख, चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा राजनीतिक दलहरूले उम्मेदवारको टुंगो लगाएका छन् ।

गाउँपालिकाको प्रमुखमा कांग्रेसले महिला उमेद्वार गीता गुरूङलाई चयन गरेको छ भने उपाध्यक्षमा किर्तीकुमार श्रेष्ठलाई तोकेको छ ।

यस्तै नेकपा एमालेले पूर्वक्षेत्रिय इञ्चार्ज समेत रहेका सचिवालय सदस्य नारायण अधिकारीलाई प्रमुखमा र जुनाराज भण्डारीलाई उपप्रमुखमा उठाउने निर्णय गरेको छ ।

यस्तै माओवादी केन्द्रले प्रताप गुरूङ मौसमलाई प्रमुख पदमा उमेद्वार बनाउने  निर्णय भएको जिल्ला इञ्चार्ज इश्वरी भट्टराईले जानकारी दिए । माओवादी केन्द्रबाट उपाध्यक्षमा सावित्रा सिलवाललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

चितवनका साविकका ४ गाविसहरु दाहाखानी, चण्डिभञ्ज्याङ, दारेचोक र काहुँले गाविसलाई समेटेर इच्छाकामना गाउँपालिका गठन गरिएको हो । गाउँपालिकामा ७ वटा बडा निर्धारण गरिएको छ ।

अध्यक्ष र उपाध्यक्षसहित ३७ जना जनप्रतिनिधिहरु निर्वाचित हुनेछन् भने १ जना दलित र १ जना अल्पसंख्यक गाउँसभाले मनोनित गर्नेछ ।

इच्छाकामना गाउँपालिकामा ११ हजार ६ सय ५४ मतदाता छन् ।

यसअघि २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा एमालेले काँहुले र दाहाखानीमा जितेको थियो भने दारेचोक र चण्डीभञ्ज्याङ कांग्रेसले जितेको थियो ।

साविकका ४ गाविसमध्ये दारेचोक गाविसमा सबैभन्दा धेरै मतदाता ५ हजार १ सय ६५ छन् । सबैभन्दा कम चण्डिभञ्ज्याङमा २ हजार १ सय १९ मतदाता छन् । सोही साविक गाविसको हाराहारीमा दाहाखानीमा २ हजार १ सय ९० मतदाता छन् ।

आगामी बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागि इच्छाकामना गाउँपालिकामा १९ बटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए ।

यसैबीच, नेपाली कांग्रेस चितवनले राप्ती नगरपालिकाको मेयरमा किरण भूषण ओली र उपमेयरमा अनिता मैनालीलाई उठाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment