Comments Add Comment

धादिङमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल, यस्तो छ भागवण्डा

१४ वैशाख, काठमाडौं । धादिङमा पनि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल हुने भएको छ ।

दुई दलबीच चुनावी तालमेलको नीतिगत सहमति भएको माओवादी नेता सालिकराम जम्मरकट्टेलले अनलाइनखबरलाई बताए ।

धादिङमा दुई नगरपालिकासहित १३ स्थानीय तह छ । जसमध्ये ७ को प्रमुख कांग्रेस र ६ को प्रमुख माओवादीले लिने सहमति भएको छ । एक दलले स्थानीय तह प्रमुख लिएको ठाउँमा अर्को दलले उपप्रमुख लिनेछ ।

जम्मरकट्टेलले भने, ‘कुन कुन स्थानीय तह भनेर अहिले छलफल भइरहेको छ । साँझसम्म टुंगो लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment