Comments Add Comment

स्थानीय चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

१४ बैशाख, काठमाडौं । आसन्न स्थानीय तहको नेपाली सेना परिचालनका लागि राष्ट्रपति विद्या भण्डारीले स्वीकृति दिएकी छन् ।

संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालनका लागि राष्ट्रपति भण्डारीले स्वीकृति दिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।

सुरक्षा परिषद्को निर्णय अनुसार सरकारले चैत २९ गते सेना परिचालनका लागि सिफारिस गरेको थियो ।

स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना बनाइएको छ, जस अनुसार नेपाली सेना तेस्रो घेरामा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment