Comments Add Comment

संशोधन विधेयकमाथि ५० संशोधनः के हुन्छ अबको प्रक्रिया ?

१७ बैशाख, काठमाडौं । सरकारले २९ चैतमा संसद्मा दर्ता गरेको संविधान संशोधनको दोस्रो विधेयकमाथि ५० संशोधन दर्ता भएका छन् । शनिबार बेलुकी १०ः३० बजेसम्म संशोधन दर्ता गराउन ७२ घन्टा समय दिइएको थियो । सत्तापक्ष र प्रतिपक्षले अलगअलग तथा केही दलहरुको तर्फबाट संयुक्त प्रस्ताव पनि दर्ता भएका छन् ।

संशोधन प्रस्ताव फास्ट ट्याकबाट अगाडि बढाउने सरकारी तयारी छ । आइतबार बिहान बस्ने संसद् बैठकमा दर्ता भएको संशोधनलाई पेस गर्ने तयारी भएको संसद् सचिवालयले जनाएको छ ।

तर, आइतबारकै बैठकको कार्यसूचीमा विधेयकलाई निर्णयार्थ पेस गर्ने वा नगर्ने भन्ने अझै टुंगो लागेको छैन । सभामुख ओनसरी घर्तीले दलहरुबीच सहमति जुटाउन अनौपचारिक छलफल गरिरहेकी छन् । दर्ता भएका संशोधन धेरै भएकाले छलफलको समय लम्बिने सम्भावना छ । प्रत्येक संशोधनमाथि दफावार छलफलपछि सरकारका तर्फबाट कानुनमन्त्रीले एकमुष्ठ जवाफ दिनुपर्ने हुन्छ । त्यसपछि मात्रै विधेयकमा मतदातको प्रक्रिया अघि बढ्ने नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment