Comments Add Comment

करणले एकता कपुरलाई सोधे, ‘तिमी कहिले आमा बन्ने ?’

करण जौहरको घरमा अब सुनसान छैन । यी अबिवाहित पिताको घरमा जुम्ल्याह बच्चाको आगमन भइसकेको छ । बच्चाको हाँसो, रुवाई, चिच्याहाटले घर गुञ्जन थालेको छ । यससँगै करनका साथीहरु बच्चा हेर्न ताँती लागेका छन् । शिद्धार्थ मल्होत्रादेखि आलिया भट्टसम्म करनको जुम्ल्याह बच्चा यश र रुही हेर्न पुगेका छन् । यही पंक्तिमा छिन्, एकता कपुर पनि ।

भनिहालौं, कुनैबेला करण र एकताबीच अफेयर थियो । उनीहरु बिवाह गर्छन् भन्ने हल्ला व्यापक थियो । तर, दुबैले अहिलेसम्म बिवाह गरेका छैनन् । करणले सेरोगेसीबाट बच्चा जन्माएका हुन् ।

जब एकता करणको घरमा पुगिन्, कणले प्रश्न सोधिहाले, तिमी कहिले आमा बन्ने ? एकता बिवाहका लागि इन्स्ट्रेस्टेड छैनन् । तर, बच्चाको सम्बन्धमा उनको सोचाई के छ त ?

एकताले करणलाई यस्तो जबाफ दिइन्, जसले स्वंम प्रश्नकर्ता करण जिल्लिए । एकताले भनिन्, मेरो पहिला नै एक बच्चा छ । एकताले आफ्नो प्रोडक्सन कम्पनी बाजाली फिल्म्स्लाई आफ्नो बच्चा मान्छिन् । उनकै बलमा यो कम्पनी खडा भएको हो । यसका साथै उनले आफु अहिले आमा बन्न तयार नभएको बताइन् । एकता अहिले चालिस बर्षकी भइसकेकी छिन् । यद्यपी आमा बन्नमा उनलाई कुनै हतार छैन ।- एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment