Comments Add Comment

निर्वाचन अाचारसंहिता उल्लंघन गरेकाे भन्दै क्यान्सर अस्पताल विरुद्ध उजुरी

१८ वैशाख, चितवन । चितवनको भरतपुरमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको छ ।

अस्पतालले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै कार्यकारी निर्देशकको नियुक्ति प्रकृयाका लागि विज्ञापन प्रकाशन गरिएको छ ।
यसरी निर्वाचन आचारसंहिता विपरित नियुक्ति प्रकेया अगाडि बढाइएको भन्दै अस्पतालका विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

अनेरास्ववियुका केन्दि्रय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज प्रकाश भट्ट र भरतपुर-७ कृष्णपुरमा राम आर्चायले छुट्टाछुट्टै रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी दर्ता गरेका हुन् ।

यस्तै काठमाडौंमा समेत निर्वाचन आयोगको कार्यालयमा उजुरी दर्ता गरिएको छ । क्यान्सर अस्पतालले गएको बैशाख १४ गते कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त माग गरेको थियो । हालका कार्यकारी निर्देशक चिनबहादुर पुनको पदावधी वैशाख आज -सोमबार) सकिदैछ ।

निर्वाचन आयोगले २०७३ फाल्गुण १८ गतेदेखि नै देशभर लागु हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको थियो ।

स्थानीय तह निर्वाचन आचारसंहिता-२०७३ विपरीत हुने गरी क्यान्सर अस्पताल भरतपुरमा कार्यकारी निर्देशक नियुक्तिको प्रकृया रोक्न माग गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश भट्टले बताए ।

स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ को परिच्छेद ४ को कर्मचारी आचरण सम्बन्धी दफा ९ मा कुनै पनि सरकारी तथा अर्धसरकारी निकायमा कर्मचारी सरुवा, दरवन्दी सिर्जना, नियुक्ति र सरुवा बढुवा गर्न नपाउने उल्लेख गरिएको छ ।

अस्पतालले प्रकाशन गरेकाे विज्ञापन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment