Comments Add Comment

स्वेताले संझिइन्-‘मन खोज्ने मायालुलाई कहाँ भेटिएला ?’


नायिका स्वेता खड्का चलचित्र ‘कान्छी’ बनाउने तयारीमा जुटिरहेकी छिन् । साथमा, उनी समाजसेवा र व्यवसायमा पनि सक्रिय छिन् । उनै, स्वेताले आफ्नो डेब्यू चलचित्र ‘कहाँ भेटिएला’मा समावेश शिर्ष गीत संझिएकी छिन् । उनले गीत संझिएकी मात्र होइनन्, गाएकी पनि छन् ।

काठमाण्डौको बौद्धमा आयोजित जापानीज प्रोडक्ट फाइटेनको शो रुम उद्घाटन पछि आयोजित कार्यक्रममा बोल्दै स्वेताले भनिन्-‘ जब म दुःखको घडीमा थिएँ । त्यतिबेला मैले ‘फाइटेन’ प्रोडक्टकै सामाग्रीहरु प्रयोग गरेको थिए । उनले, जापानीज कम्पनीका यो प्रोडक्ट लगाउँदा शरीरलाई आनन्द प्राप्त हुन्छ ।’

यसपछि, स्वताले आफू अभिनित चलचित्र ‘कहाँ भेटिएला’को शिर्ष गीत २ लाइन गाएकी थिइन् । काठमाण्डौ बौद्धमा संचालनमा आएको ‘फाइटेन’ प्रोडक्टको नायिका स्वेता खड्काको साथमा नेपालका लागि जापानी राजदुतले रिबन काटेर उद्घाटन गरेका थिए ।

‘फाइटेन’ कम्पनीका सामाग्रीहरुले मानिसको शरीरलाई केयर गर्ने संचालकको भनाई छ । यी कम्पनीका ‘ब्रासलेट, नेकलेस’ लगायतका विभिन्न प्रोडक्ट ‘फाइटेन’ शोरुममा पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment