Comments Add Comment

सिन्धुपाल्चोकमा प्रमुख तीन दलले उमेदवार टुङ्गो लगाए

राप्रपा छनोटमा व्यस्त,साना दल अलमलमा

१८, वैशाख सिन्धुपाल्चोक । यही ३१ मा हुने स्थानीय तह निर्वाचनमा जिल्लाका प्रमुख तीन राजनीतिक दलहरुले उमेदवारको टुङ्गो लगाएका छन् ।

जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिकामा प्रमुख तिन दलले उमेदवार टुङ्गो लगाएका हुन् ।

राप्रपा लगायत अन्य साना दलहरुले भने उमेदवार टुङ्गो लगायने अन्तिम कसरतमा जुटेका छन् ।

प्रमुख पार्टीहरुले उमेदवारको अन्तिम टुङ्गो लगाएपनि केही स्थानमा भने सबै पार्टी भित्र समस्या देखिएको छ ।

चौतारा सागाचोकगढी नगरपालिकामा माओावदी केन्द्रले युवराज दुलाललाई मेयरमा टुङ्गो लगाएपछि माओवादी केन्द्रका अर्का नेता अमानसिंह तामाङले चरम असन्तुष्टि जनाउँदै स्वतन्त्रबाट उमेदवार दिने भएका छन् ।

एमाले मेलम्चीमा पनि डम्बर अर्यालले टिकट पाएपछि एमाले क्षेत्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । बाह्रवीसे नगरपालिकामा मेयरका आकाक्षी बुद्धराज बस्नेतले टिकट नपाएपछि उनी सोमबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

राजनीतिक दलहरुले छिटो उमेदवारको टुङ्गो नलगाउदा सबै दलहरुमा समस्या भएको छ । उमेदवार मनोनयन गर्ने समय नजिकदै गर्दा समेत राजनीतिक दलहरु भित्र विवाद भने बढ्दै गएको छ ।

                                                यस्ता छन् प्रमुख तीन दलका गाउँ र नगरपालिकाका उमेदवारहरु  :

भोटेकोशी गाउँपालिका

नेपाली काँग्रेस
अध्यक्ष-साङबु शेर्पा
उपाध्यक्ष-गेलुम शेर्पा

नेकपा एमाले
अध्यक्ष-छिरीङ शेर्पा
उपाध्यक्ष-सुन्तली तामाङ

माओवादी केन्द्र
अध्यक्ष-राजकुमार पौडेल
उपाध्यक्ष-दाबुटी शेर्पा

बाह्रविसे नगरपालिका
नेपाली काँग्रेस
मेयर-बालकृष्ण बस्नेत
उपमेयर-लिला नेपाल

नेकपा एमाले
मेयर-निमफुञ्जो शेर्पा
उपमेयर-शुशिला पाखि्रन

त्रिपुरासुन्दरी गाउँपालिका
नेपाली काँग्रेस
अध्यक्ष-भक्तध्वज बोहरा
उपाध्यक्ष-पदमकुमारी श्रेष्ठ

नेकपा एमाले
अध्यक्ष भुपेन्द्र श्रेष्ठ
उपाध्यक्ष-द्र्गा नेपाल

माओवादी केन्द्र
अध्यक्ष विष्णुकुमार श्रेष्ठ-अखण्ड)
उपाध्यक्ष स्वस्थानी थामी

लिसंखुपाखर गाउँपालिका
नेपाली काँग्रेस
अध्यक्ष कर्मावाङ्गेल लामा
उपाध्यक्ष मिठु लामा

एमाले
अध्यक्ष कमल नेपाल
उपाध्यक्ष-हेमगंगा मोक्तान

माओवादी केन्द्र
अध्यक्ष राजु लामा
उपाध्यक्ष फुलम लामा

राप्रपा
अध्यक्ष -महेन्द्र लामा
सुनकोशी गाउँपालिका

नेपाली काँग्रेस
अध्यक्ष-विनोद जिसी
उपाध्यक्ष-लक्ष्मी पौडेल

नेकपा एमाले
अध्यक्ष-शिवप्रसाद न्यौपाने
उपाध्यक्ष-देवी अधिकारी

नेकपा माओवादी केन्द्र
अध्यक्ष-पुरुषोतम भण्डारी
उपाध्यक्ष भुमिका पोखरेल

जुगल गाउँपालिका
नेपाली काँग्रेस
अध्यक्ष-जयबहादुर लामा
उपध्यक्ष-सतीदेवी अधिकारी

नेकपा एमाले
अध्यक्ष-होमनारयण श्रेष्ठ
उपाध्यक्ष-सिर्जना तामाङ

माओवादी केन्द्र
अध्यक्ष-रेशम स्याङबो
उपाध्यक्ष-अम्बीका नेपाल

राप्रपा
अध्यक्ष बुद्धिबहादुर सिलवाल
उपाध्यक्ष-मनमाया स्याङबो

बलेफी गाउँपालिका
नेपाली काँग्रेस
अध्यक्ष-रामकु्मार लामा
उपाध्यक्ष-गीता नेपाल

नेकपा एमाले
अध्यक्ष-केदार क्षेत्री
उपाध्यक्ष-कमला कायस्त

माओवादी केन्द्र
अध्यक्ष गंगाबहादुर तामाङ
उपाध्यक्ष-दुर्गा नेपाल

राप्रपा
अध्यक्ष राम लामा
उपाध्यक्ष-चिनीमाया तामाङ

चौतारा सागाचोकगढी नगरपालिका
नेपाली काँग्रेस
मेयर-केशवराज गिरी
उपमेयर-शोभा उलक

नेकपा एमाले
मेयर-सोम सापकोटा
उपमेयर-सीता थापा

माओवादी केन्द्र
मेयर : युवराज दुलाल
उपमेयर-जानुका पराजुली

राप्रपा
मेयर-पुस्कर ढुङ्गेल
उपमेयर-राधामाया गिरी

इन्द्रावती गाउँपालिका
नेपाली काँग्रेस
वंशलाल तामाङ
उपाध्यक्ष-मिरा लामा-श्रेष्ठ)

नेकपा एमाले
अध्यक्ष :  झम्क नेपाल
उपाध्यक्ष-सरस्वती अधिकारी

माओवादी केन्द्र
अध्यक्ष चिरञ्जीवि आचार्य

राप्रपा
अध्यक्ष-दइन्द्रबहादुर ठकुरी

मेलम्ची नगरपालिका
नेपाली काँग्रेस
मेयर-आइतमान तामाङ
उपमेयर-सबिता गुरुङ

नेकपा एमाले
मेयर-डम्बर अर्याल
उपमेयर-भगवती नेपाल

माओवादी केन्द्र
मेयर-श्याम खडका

राप्रपा
मेयर फइन्द्र दाहाल
उपमेयर-कुमारी स्याङताङ

हेलम्बु गाउँपालिका
नेपाली काँग्रेस
अध्यक्ष-निमाग्यालजेन शेर्पा
उपाध्यक्ष-कोपीला पण्डित

नेकपा एमाले
अध्यक्ष-हस्त पण्डित
उपाध्यक्ष निमा ज्यामु लामा

माओवादी केन्द्र
अध्यक्ष भरत थापा
उपाध्यक्ष-नम्बरी हृयोल्मो

पाँचपोखरी थाङपाल गाउँपालिका
नेपाली काँग्रेस
अध्यक्ष-शंकर लामा
उपाध्यक्ष- गंगा चापागाई

नेकपा एमाले
अध्यक्ष-टासी लामा हृयोल्मो
उपाध्यक्ष-सुनिता अधिकारी

माओवादी केन्द्र
अध्यक्ष-गोपाल स्याङबो
उपाध्यक्ष-मुना सिलवाल

राप्रपा
उदय सापकोटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment