Comments Add Comment

आजदेखि ३४ जिल्लामा चुनाव लाग्यो, यस्तो छ निर्वाचन कार्यक्रम


१९ बैशाख, काठमाडौं । पहिलो चरणको स्थानीय निर्वाचन आजदेखि औपचारिक रुपमा सुरु हुँदैछ । आज विहान १० बजेदेखि बेलुका ५ बजेसम्म ३४ जिल्लाका २८३ स्थानीय तहका लागि मनोनयन दर्ता गर्ने कार्यसूची छ । यसका लागि दलहरु धमाधम उम्मेद्वारहरुको टुंगो लगाउन जुटेका छन् ।

पहिलो चरणको चुनावमा देशका चारवटा महानगरपालिकामा समेत चुनाव हुने भएकाले यो निर्वाचनको रौनक बढेको छ । बैशाख ३१ गते काठमाडौं, ललितपुर, भरतपुर र पोखरासमेत देशका चारैवटा महानगरपालिकामा निर्वाचन हुनेछ ।

कुन-कुन जिल्लामा हुँदैछ चुनाव ?

पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का कुन ३४ जिल्लाहरुमा हुँदैछ ।

प्रदेश नम्बर ३ मा सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, ललितपुरभक्तपुर समेत गरी १३ वटा जिल्ला छन् ।

त्यसैगरी प्रदेश नम्बर ४ मा गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, कास्कीनवलपरासीको केही भागसमेत गरी ११ वटा जिल्ला पर्छन् ।

पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर ६ का जिल्लाहरुमा हुम्ला, कालीकोट, डोल्पा, जुम्ला, दैलेख, मुगु, जाजरकोट, सुर्खेत, सल्यानरुकुमको केही भाग गरी ११ जिल्लाहरु समेटिएका छन् ।

 

यस्तो छ निर्वाचन कार्यक्रम

उम्मेदवार मनोनयन दर्ता- बैशाख १९ गते (बिहान १० देखि ५ बजेसम्म)

उम्मेदवारको सूची प्रकाशन- बैशाख १९ गते (बेलुका ५ः३० बजे)

उम्मेदवारको विरोधमा उजुरी- बैशाख २० गते (विहान १० बजेदेखि १ बजेसम्म)

मनोनयनपत्र जाँच- बैशाख २० गतेदेखि २१ गतेसम्म (दिउँसो १ बजेदेखि ११ः३० सम्म)

उम्मेदवारको नामावली प्रकाशन-बैशाख २१ गते (११ः३० देखि १ बजेसम्म)

उम्मेदवारले नाम फिर्ता लिने- बैशाख २१ गते ( दिउँसो १ बजेदेखि ५ बजेसम्म)

उम्मेदवारको अन्तिम नामावली प्रकाशन- बैशाख २२ गते (बिहान १० देखि ११ बजेसम्म)

उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान- बैशाख २२ गते ( बिहान ११ देखि ५ बजेसम्म)

मतदान गर्ने-  बैशाख ३१ गते (बिहान ७ देखि बेलुका ५ बजेसम्म)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment