Comments Add Comment

कडा पारियो सुरक्षा, ३३ हजारले बुझाएनन् अनुमतिका हतियार

२० वैशाख, काठमाडौं । आसन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । तीनवटा प्रदेशमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा म्यादी प्रहरी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सुरक्षा व्यवस्थालाई मध्यनजर गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको गृहका प्रवक्ता बालकृष्ण पन्थीले बताए । उनका अनुसार सबै सुरक्षाकर्मी आआफ्नो कार्यक्षेत्रमा गइसकेका छन् । आवश्यक सुरक्षा व्यवस्था मिलाउन कार्यक्षेत्रमा पठाइएको पन्थीले बताए ।

प्रहरी २२ हजार ६९५ र म्यादी प्रहरी २२ हजार ७ सय खटाइएको नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

स्थानीय तह निर्वाचनलाई लक्षित गरी सरकारले चुनाव अवधिमा लाइसेन्सप्राप्त हतियार बुझाउन सुचना जारी गरे पनि हजारौंले अटेर गरेका छन् । करिब ३४ हजारमध्ये ९ सय ३६ ले मात्रै प्रशासनमा हतियार बुझाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment