Comments Add Comment

बाग्लुङमा एमाले, राप्रपा र राजमोबीच तालमेल

२० वैशाख, काठमाडौं । बाग्लुङमा एमाले, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी चुनावी तालमेल गरेर मैदान उत्रिएका छन् । जिल्लामा ६० प्रतिशतभन्दा बढी वामपन्थी जनमत भएको दावीसहित वामएकता गर्ने अन्तिम कसरत गरिए पनि सहमति नजुटेपछि राप्रपासहित राष्ट्रिवादी प्यानल तयार गरिएको एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताए ।

कांग्रेसले पनि बाग्लुङको बरेङ गाउँपालिकामा प्रमुख पद माओवादीलाई दिएर सत्ता गठबन्धनको एकतालाई निरन्तरता दिएको छ । यसका साथै जैमिनी, गलकोट नगरपालिका, काँठेखोला गाउँपालिका र वडास्तरमा पनि कार्यगत एकताका लागि छलफल जारी रहेको कांग्रेस जिल्ला सभापति दीपेन्द्र थापाले बताए ।

वामपन्थी पार्टीहरुको बाहुल्य रहेको बाग्लुङमा वाम पार्टीबीच एकताको तयारी गरिएको भए पनि अन्तिममा राष्ट्रवादी समूहबीच एकता हुन पुगेको आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment