Comments Add Comment

‘महानगर’मा केकीलाई रिप्लेस गर्दै मेनुका


केही दिन अगाडि नायिका केकी अधिकारीले चलचित्र ‘महानगर’मा आफूले काम गर्न लागेको जानकारी अनलाइनखबरलाई दिएकी थिइन् । केकीले ‘महानगर’ भित्र एक यूवा र एक यूवतीविचको कथालाई चलचित्रमा समावेश गर्न लागिएको जानकारी दिएकी थिइन् ।

तर, वैशाख २७ गतेबाट छायांकनमा जान लागेको यो चलचित्रको घोषणा कार्यक्रममा भने केकीको नाम नायिकामा उल्लेख भएन । बरु, उनको ठाउँमा नायिका मेनुका प्रधानको नाम उल्लेख गर्दै प्रेस रिलिज वितरण गरियो ।

अब, यो चलचित्रमा नायिका मेनुका प्रधानको साथमा नायक कर्माको जोडी देखिनेछ । चलचित्रलाई जेठ २२ गतेसम्म खिचिनेछ । मिडलवे फिल्स्ले माउन्टेन रिभर फिल्मसँग सहकार्य गर्दै यो चलचित्र निर्माण गर्न लागेको हो । चलचित्रको लेखन तथा निर्देशन मोहन राइले गर्दैछन् । नरेन्द्र मैनालीको छायांकन रहने चलचित्रका कार्यकारी निर्माता गोविन्द पराजुली हुन् ।

काठमाण्डौ जस्तै महानगरहरुको किनारामा बस्ने मानिसहरुको पीडा, दुख र एक्लोपनाको कथामा यो चलचित्र बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment