Comments Add Comment

प्रधानन्यायाधीश विरुद्धको महाअभियोगले संसदमा प्रवेश पाउने


२१ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दायर महाअभियोग प्रस्तावले आज व्यवस्थापिका संसदमा प्रवेश पाउने भएको छ ।

संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ । आजको बैठकले छलफलका लागि समय र मिति तोक्ने सम्भावना रहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले आइतबार कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतले महाअभियोग फिर्ता लिन माग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment