Comments Add Comment

गौरीको प्रेममा डुबेका शाहरुख जब रेल्वे स्टेशनमै सुते

बलिउड अभिनेता शाहरुख खान अहिले आलिसान महलमा बस्छन्, रवाफसँग बाँच्छन् । तर, उनको जीवनमा यस्तो दिन पनि आएको थियो, जब उनी रेल्वे स्टेसनमै सुतेका थिए ।

शाहरुख गौरीको प्रेममा पागल हुँदाको घटना हो यो । उनीहरु सँगै कलेजमा पढ्थे र एक-अर्कालाई प्रेम गर्थे । शाहरुख त्यतिबेला दिल्लीमा एउटा थिएटरमा काम गर्थे ।

गौरीका बुवा कडा स्वभावका थिए । गौरी शाहरुखसँगको प्रेममा डुबेको थाहा पाएपछि उनी क्रोधित भए । त्यसपछि उनले तुरुन्तै गौरीलाई मुम्बईमा एक आफन्तको घरमा पठाए ।

तर, शाहरुख हार खानेवाला थिएनन् । उनले आमासँग १० हजार भारु मागे र लागे मुम्बइतिर । त्यहाँ एउटा घरमा एउटा कोठा भाडामा लिएर बस्न थाले । उनी बिहान उठ्नाथ गौरीको खोजीमा निस्किन्थे र बेलुका अबेर मात्र घर आइपुग्थे । तर उनले गौरीको पत्तो लगाउन सकेनन् ।

आमाले दिएको १० हजार रुपैयाँ उनले कोठाभाडामा सिध्याए । थप पैसा नभएपछि उनले कोठा छोड्नुपर्‍यो । उनलाई त्यो रात कहाँ बिताउने भन्ने समस्या आयो । अन्तमा उनले रेल्वे स्टेसनमा नै सुच्ने निर्णय गरे ।

शाहरुख रेल्वेको प्लेटर्फममा गए र वेटिङ रुममा सुते । तर, लामखुट्टेले टोकेर उनको हालत खराब भयो । छेउछाउमा मानिसहरु रक्सीले टिल्ल भएर सुतिरहेका थिए । यसले पनि उनलाई निद्रा डिस्टर्व भयो । आखिरमा त्यो रात उनी झिमिक्क नगरी बिताए । भोलीपल्ट निराश बनेर दिल्ली फर्किए । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment