Comments Add Comment

वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधन

२४ वैशाख, काठमाडौं । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधन भएको छ । उनको आइतबार बिहान ४ बजे कमलपोखरीस्थित आफ्नै निवासमा निधन भएको हो ।

अल्जाइमर लगायत रोगबाट पीडित ८८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका अगुवा मानिन्छन् । उनी प्रगतिशील लेखक संघका संस्थापक अध्यक्षसमेत हुन् । शर्मा राणा शासन विरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा पनि सामेल भएका थिए ।

शर्माको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान १० देखि दिउँसो २ बजेसम्म नेपाल प्रज्ञा-प्रतिष्ठानमा राखिएको थियो भने र ३ बजे पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरियो ।

१९८६ सालमा जन्मिएका शर्माका ‘बहिनीलाई चिठी’ (२००८) र (२०१२), ‘तँ, तिमी, तपाईं, हजुर’ (२०१४), ‘मेरो आमा’ (२०२३), ‘थुनुवाको डायरी’ (२०३८) लगायत कृति प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment