Comments Add Comment

आशिरमानको एक्सन अवतार, ‘ग्याङस्टार ब्लूज’को टिजर यस्तो बन्यो


सफल निर्देशक हेमराज बीसीको निर्देशनमा तयार भएको चलचित्र ‘ग्याङस्टार ब्लूज’को टिजर रिलिज गरिएको छ । भदौ २ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको टिजरमा सबै कलाकारको गेटअप सार्वजनिक गरिएको छ ।

चलचित्रको लीड भूमिकामा नव-नायक आशिरमान देसराज जोशी देखिएका छन् । उनको एक्सन अवतारले दर्शकको ध्यान तान्न सक्छ । चलचित्रमा उनको साथमा आना शर्मा, संयम पुरी, रोजिशा शाही ठकुरीको मुख्य भूमिका छ । साथमा, टिजरमा आशिरमान र आनाको प्रेमलाई पनि प्रस्तुत गरिएको छ ।

सरोज न्यौपानेको निर्माणमा तयार भएको यो चलचित्रले विभिन्न ग्याङहरुको कथा भन्छ । यो चलचित्रको सम्पूर्ण छायांकन नेपालगञ्जमा गरिएको हो । कालिप्रसाद बाँस्कोटाको संगीत रहेको चलचित्रको छायांकन शैलेन्द्र डी कार्कीले खिचेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment