Comments Add Comment

दुईतिहाइ जुटाउन प्रधानन्त्रीको कसरत, सरकारमा फर्कंदै कमल थापा !

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विधेयकको पक्षमा दुईतिहाइ जुटाउन राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई वर्तमान सरकारमा ल्याउन पहल थालेका छन् । थापाले पाँच दिनअघि मात्रै उपप्रधानमन्त्रीबाट राजीनामा दिएर सरकार त्यागेका थिए ।

प्रधानमन्त्रीले आइतबार थापा र गच्छदारसँग छुट्टाछुट्टै कुराकानी गरी सरकारमा आउन आग्रह गरेको स्रोतको भनाइ छ । उनले शनिबार पनि गच्छदारसँग भेट गरेका थिए ।

स्रोतका अनुसार, सरकारको नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्नुअघि नै प्रधानमन्त्री गच्छदार र थापालाई सरकारमा ल्याउन पहल गरेका छन् । सरकार छाड्नुअघि नै संविधान संशोधन गर्ने सोचमा सरकार रहेकाले उसले दुईतिहाइ पुर्याउन यस्तो कसरत गरेको आजको नागरिक दैनिकले लेखेको छ ।

प्रधानमन्त्री र कमल थापाबीच आइतबार बिहानको वार्ता सकारात्मक भएको दुवै पक्षले जनाएका छन् । प्रधानमन्त्रीसँगको वार्तापछि थापाले ट्विट गरी सरकारमा जाने संकेत गरेका छन् । ‘जुन विषयमा असन्तुष्टि जनाएका थियौं, सोही विषयमा सर्वोच्चले अघि नबढाउन भनिसकेपछि सरकारबाट बाहिरिनुको औचित्य रहेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment