Comments Add Comment

स्वेताको ‘कान्छी’ मा चुलबुले नम्रता


चलचित्र ‘छक्का पन्जा’मा काम गरेर राम्रै चर्चा पाएपनि नायिका नम्रता सापकोटा यसको सिक्वेलमा भने दोहोरिइनन् । चलचित्र चलेपनि नम्रतालाई यसले खासै फाइदा नदिएको चर्चा चलचित्र बजारमा चल्यो ।

तर, अब उनै नम्रताका लागि एउटा राहतको खबर छ । नायिका नम्रता सापकाेटालाई नायिका स्वेता खड्काले आफूले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘कान्छी’मा अनुवन्धीत गरेकी छिन् ।

आकाश अधिकारीको निर्देशनमा तयार हुन लागेको यो चलचित्रको अहिले लोकेशन हेर्ने काम भैरहेको छ । चलचित्रमा स्वेता खड्का र नायक दयाहाङ राइको जोडी पर्दामा देखिदैछन् । कमेडी- लभस्टोरी कथामा बन्ने यो चलचित्रमा आफू अनुवन्धित भएको नायिका सापकोटाले पुष्टी गरिन् ।

उनले अनलाइनखबरसँग भनिन्-‘मैले ‘कान्छी’ नामक चलचित्र साइन गरेकी छु । यसको छायांकन जेठको अन्तिम साताबाट सुरु हुँदैछ । यसमा दर्शकले मलाई जोली क्यारेक्टरमा देख्नु हुनेछ ।’ उनले अन्य बिषय अहिले नै खुलाउन नमिल्ने बताइन् ।

चलचित्र क्षेत्रमा लागेको केही बर्ष भएपनि नम्रताले आशातित सफलता पाएकी छैनन् । कुनै समय चलचित्र नै नखेल्ने भन्दै बसेकी नम्रता अहिले भने चलचित्रमा काम गर्नुपर्ने रहेछ भन्ने सोचमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment