Comments Add Comment

बाबुलाई गोप्य कुरा लुकाउन श्रद्धाले प्रयोग गर्छिन् यस्तो भाषा


‘आशिकी-२, एक भिलेन, हैदर’ जस्ता सफल चलचित्रमा अभिनय गरेकी नायिका श्रद्धा कपुर दर्शकको विचमा लोकप्रिय नायिकाको रुपमा चिनिन्छिन् । उनलाई आफ्नो प्रेम प्रसंगको खबर सुन्दा रमाइलो लाग्छ ।

पछिल्लो समय निर्देशक फरहान अख्तरसँग उनको प्रेम प्रसंग रहेको समाचार मसला बन्यो । श्रद्धा भन्छिन्-‘मलाई थाह छैन यस्तो मनगढन्ते समाचार कहाँबाट आयो ।’ त्यसो त उनलाई यस्ता खबर सुन्दा रमाइलो लाग्छ । ‘मेरै प्रेमकथामा कसैको टीभी कार्यक्रम बन्छ भने मलाई कुनै फरक पर्दैनँ ।’ उनले भनिन् ।

यस्ता समाचारले एक समय उनका बुबा आमा समेत तनाबमा हुन्थे । हिन्दी चलचित्रमा नकारात्मक भुमिका निर्वाह गर्ने उनका बुबा शक्ति कपुरको वारे श्रद्धा भन्छिन्-‘मेरो बुबा अभिनेता नभएको भए क्रिकेटर हुनुहुन्थ्यो ।’

उनले नयाँ कुरो गरिन् । उनी बुबालाई सबै कुरा भन्दिनन् । आमा र उनको विचमा गोप्य भाषामा कुरा हुन्छ । ‘बुबालाई केही कुरा लुकाउनु छ भने आमा र म मराठी भाषामा कुरा गर्छौ ।’ श्रद्धाले भनिन् ।

अक्सर श्रद्धाको तुलना अर्की नायिका आलिया भट्टसँग हुनेगर्छ । आलियासँग आफ्नो तुलना हुँदा रमाइलो लाग्ने उनको भनाई छ । श्रद्धा भन्छिन्-‘आलियाले निकै राम्रो काम गरेकी छिन् । उनको अभिनय हेर्दा मलाई निकै रमाइलो लाग्छ ।’

श्रद्धाका दुई चलचित्र ‘रक अन २ र ओक जानु’ असफल भयो । यो असफलताले उनलाई केही दिन तनाव भयो तर, पनि उनले धेरै चिन्ता लिइनन् । उनले यसपछि नयाँ चलचित्रमा राम्रो गर्नेमा ध्यान केन्दि्रत गरेको बताइन् ।

उनी दाउद इब्राहिमकी बहिनी हसीना इब्राहिम पार्कर बायोपिकमा देखिँदैछिन् । उक्त भुमिकाका लागि उनले आफ्नो केही किलो तौल बढाउनुपर्ने भएको छ । काफी कोशिस गर्दा पनि चार किलो भन्दा बढी नबढेको उनले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment