Comments Add Comment

‘कारखाना’ ट्रेलरः बिहे भनेको आफ्नै गलफ्रेन्डसँग गर्नुपर्छ’


‘बिहे भनेको त आफ्नै गलफ्रेन्डसँग गर्नुपर्छ’ भन्ने पहिलो संवादसहित चलचित्र ‘कारखाना’को ट्रेलर सार्वजनिक गरिएको छ । असार १६ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको ट्रेलर काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै गरिएको हो ।

अमरदिप सापकोटाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सुशिल श्रेष्ठ, बर्षा सिवाकोटी, जेविका कार्की, मौसमी मल्ल लगायतका कलाकारको मुख्य भूमिका छ । कार्यक्रममा नायिका सिवाकोटीले चलचित्रको कथावस्तु आफ्नो प्रेमको वरिपरी घुमेको बताइन् ।

चलचित्रको बिषयमा निर्देशक सापकोटाले भने-‘यो कथामा अहिलेसम्म नेपाली चलचित्र नै बनेको छैन ।’अनन्त घिमिरको सम्पादन, नवराज उप्रेतीको छायांकन रहेको यो चलचित्रमा सुदिप खड्का र अमर बज्रचार्यको लगानी छ । निर्माता खड्काले पनि नेपाली चलचित्रमा आजसम्म यस्तो बिषयमा चलचित्र नै नबनेको भन्दै दर्शकले फरक स्वाद पाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment