आइतबार, ८ असोज, २०७४
OnlineKhabar.com

‘नयाँ मेयरले काठमाडौंका घरबेटीको कठालो समात्न सक्छ’

काठमाडौंका मतदाता अधिकारमुखी भए, उम्मेदवारले एजेण्डा नै बुझेनन्

अनलाइनखबर


२६ बैशाख, काठमाडौं । पुल्चोकमा रहेको दुर्गम क्षेत्र विकास समितिको कार्यालयमा पुग्दा सोमबार अपराहृन सो कार्यालयका हाकिम रुद्रसिंह तामाङ नयाँ स्थानीय विकास मन्त्रीको स्वागतका लागि सिंहदरबार जाने तयारीमा थिए ।

रुद्रसिंह काठमाडौं महानगरपालिकाका पूर्वकार्यकारी प्रमुख हुन् । महानगरमा हुँदा उनको चर्चा विद्युत प्राधिकरणका कुलमान घिसिङको भन्दा कम थिएन । हाल उनी स्थानीय विकास मन्त्रालयमा सहसचिव पदमा कार्यरत छन् । र, स्थानीय विकासमन्त्री अध्यक्ष रहने दुर्गम क्षेत्र विकास समितिको सदस्य सचिवको रूपमा थप कार्यभार पनि सम्हालेका छन् । 

हामीले तामाङलाई भेट्नुको उद्देश्य दुर्गम क्षेत्रका विषयमा नभएर सुगम काठमाडौं महानगरका बारेमा कुरा बुझ्नु थियो । महानगरपालिकालाई हाँकेको अनुभव संगालेका तामाङले यहाँभित्रका समस्यालाई कसरी हेरिरहेका छन् ? भावी जनप्रतिनिधिहरुलाई उनको सुझाव के छ ? यसबारे पाठकहरुलाई जानकारी गराउने उद्देश्यले हामीले तामाङसँग कुराकानी गर्‍यौं ।

कुराकानीका क्रममा तामाङले राजनीतिक दलका नेताहरुको मात्रै आलोचना गरेनन्, काठमाडौंका घरबेटीहरुको पनि कडा आलोचना गरे । जहाँ बाटो बन्छ, त्यहाँ घरबेटीले घरभाडा बढाउने गरेको उनले गुनासो गरे ।

अधिकारमुखी सोचाइका काठमाडौंका घरबेटीहरुले आफ्नै घर अगाडिको खाल्डो पुर्न कुनै दायित्व ननिभाएको भन्दै तामाङले अब जित्ने मेयरले घरबेटीहरुको कठालो झ्याप्प समातेर उनीहरुबाट घरबहाल कर उठाउनुपर्ने सुझावसमेत दिए ।

काठमाडौं महानगरका समस्या र स्थानीय चुनावमा देखिएको ‘ट्रेण्ड’बारे रुद्रसिंह तामाङ यसरी प्रस्तुत भएः

तपाईं काठमाडौं महानगरपालिकाको प्रमुखमा कति समय बस्नुभयो ?

२१ महिना ६ दिन जति ।

त्यहाँ त कर्मचारीले कार्यकारीलाई टिकी खान दिँदैनन् भन्ने छ नि ?

त्यो मान्छे हेरेर फरक पर्छ । त्यो मान्छेको काम गर्ने एप्रोचले पनि फरक पर्छ । म अलि फरक अवस्थामा त्यहाँ गएको थिएँ । एउटा मन्त्रीका पालामा ३ वटा कार्यकारी चेञ्ज भएको र म चौंथो कार्यकारीका रुपमा गएको थिएँ । त्यहाँ अलि कार्यकारीको स्थायित्व नभएको अवस्था मै पुगेको थिएँ ।

फरक के पनि भयो भने, म भूकम्पले त्राहिमाम भएका अवस्थमा त्यहाँ गएँ । न बस्ने ठाउँ थियो, न काम गर्ने वातावरण थियो । त्यही अप्ठेरो अवस्थामा मैले जिम्मेवारी सम्हालेकोले महानगरपालिकालाई शुन्यबाट विस्तारै सुधारेर ल्याउने अवसर पाएँ ।

त्यही भएर पनि मलाई संस्थागत रुपमा ठूलो अप्ठेरा दिन आएनन् । मैले त्यहाँ रहँदा नै ३ वटा मन्त्रीसँग काम गरेँ । ५ वटा सचिवसँग काम गरेँ । दुई दिन थप बसेको भए ४ वटा मन्त्री र ६ वटा सचिवसँग काम गर्थेँ । सरुवा हुँदा मेरो आफ्नो पनि रहर हो ।

तर, अरुले जति भोगे, मैले त्यति अप्ठेरो चाँही भोगिनँ । तर, पनि केही अप्ठेरा त भोगिहाँले । केही २०/२५ जनाको कहिल्यै नसुधि्रने खालको समूह छ । यो समूह जुनीमै त्यो समूह सुधि्रने देखेको छैन । त्यसैले मैले सहयोग गर्न सक्नेको टिम बनाएर काम गरेँ । मलाई त्यति अप्ठेरो चाँहि लागेन ।

काठमाडौंको मेयरमा बहालवाला मन्त्री गगन थापा, नवीन्द्रराज जोशीदेखि लिएर एमाले सचिव योगेश भट्टराईसम्मले रहर गरेको चर्चा थियो । पछि ‘लो प्रोफाइल’ का उम्मेदवारहरु मैदानमा उत्रिए । अहिलेका उम्मेद्वारहरु काठमाडौं महानगर हाँक्न सक्ने खालका छन् कि उनीहरुलाई गाह्रो पर्न सक्छ ?

काठमाडौंमा धेरैले रहर गर्नुपर्ने कारणहरु थिए । अहिले पनि एउटा एजेण्डा निर्णयहीन अवस्थामा छ, काठमाडौंलाई मेट्रो सीटीका रुपमा विकास गर्ने । विगतमा हामीले भारतको नक्कल गर्‍यौं । दिल्ली डेभलपमेन्ट अथोरिटीलाई हामीले काठमाडौं उपत्यका विकास प्राधिकरण भनेझै ठ्याक्कै कपी गर्‍यौं । तर त्यहाँ र यहाँ धेरै फरक छ । हामीले धेरै इन्स्िटच्युसनहरु जन्मायौं, अब एउटा युनिट बनाएर काम गर्नुपर्छ भन्दाखेरि यहाँको मेयर बन्न धेरैले रहर पनि गरेका हुन् ।

तर, पछिल्लोेचोटि फेरि काठमाडौं महानगरको साइज खुम्चियो । महानगरको साइज खुम्चिएकै हो । अहिलेको महानगरलाई महानगर बनाउन लायक ठाउँले पुग्दैन । हामी पहिलेकै साइजमा खुम्चियौं ।

महानगरको साइज खुम्चिएकैले काठमाडौंको मेयरमा साना साइजका नेताहरु आएका हुन् त ?

तर, यसका चुनौतीसँगै अवसरहरु पनि छन् । सम्भवतः अब इतिहासको कालचक्रमा समयले, अथवा भवितव्यले नेतृत्व जन्माउने छ । यो चुनावपछि आउने टीम सफल भयो भने राम्रो नेतृत्व जन्मेला । सफल भएन भने एउटा टीमको परीक्षा हुन्छ र भोलिको दिनमा अर्को टीमले ठाउँ पाउला ।

त्यसैले अहिलेको चुनाव भनेको क्षमता नाप्ने एउटा अवसर चाहिँ हो । अहिले हामीले राम्रा भनिरहेका मानिसहरुले पनि भोलि काम गर्न नसक्लान् ।

हिजो महानगरपालिकामा दलीय संयन्त्रमा बसेर लामो समय काम गरेका व्यक्तिहरु नै महानगरको मेयरमा उठेका छन् । उनीहरु पहिल्यै ‘टेस्टेड’ भइसकेका छन् भन्ने पनि सुनिँदैछ नि ? तपाई के भन्नुहुन्छ ?

जतिखेर म महानगरमा गएँ, त्यतिखेर दलीय संयन्त्र कानूनतः खारेज भइसकेको थियो । त्यसो हुनाले मसित उहाँहरुको एक प्रकारको साथीभाइको सम्बन्ध, अनौपचारिक फोरमजस्तो मात्रै भयो । दलीय संयन्त्रको बैठक बोलाइएन । उहाँहरु भन्न त हामी दलीय संयन्त्र हौं भन्नुहुन्थ्यो, तर हामी कानूनतः मान्दैनथ्यौं ।

चुनावमा राजनीतिक दल र तिनका उम्मेदवारले उठाउनुपर्ने स्थानीय एजेण्डा उठाएजस्तो लाग्छ तपाईलाई ?

हैन । स्थानीय एजेण्डा उठाउनुपर्छ भन्ने नै मान्छेहरुको दिमागमा छिर्‍या छैन जस्तो लाग्यो क्या मलाई । यसो मैले पत्रपत्रिकामा हेर्छु, धेरैजसो नेताहरुलाई एजेण्डा नै के हो भन्ने पनि थाहा छैन जस्तो लाग्छ । मैले धेरै नेताज्युहरुको भनाइ हेरें । मलाई त दलहरु एजेण्डाविहीन भए कि जस्तो लाग्यो ।

जस्तै- राजनीतिक दलहरुले केन्द्रबाट घोषणापत्र निकाल्न थाले । केन्द्रले घोषणापत्र निकाल्ने होइनजस्तो लाग्छ मलाई । २० वर्षे प्लान केन्द्रले निकाल्ने होइन । जुन तहमा जो निर्वाचन हुन्छ, उसले यो गर्नुपर्ने हो ।

त्यसकारण, केन्द्रदेखि नै हामी दिग्भ्रमित भइरहेका छौं । स्थानीय चुनावमा त महानगरपालिकामा म यो गर्न सक्छु भनेर आधारसहित घोषणापत्र आउनुपथ्र्यो । म यसरी गर्न सक्छु भन्ने प्रमाणसहित आउनुपर्थ्यो  । तर, यो ईस्यु बेसमा आएन । यहाँ त प्रतिस्पर्धा भयो । हिजो हामीले वृद्धभत्ता दिइरहेका थियौं, सरकारले दिइसकेको छ, अब हामी धान्न सक्दैनौं । अब यहाँ म सुन्छु, ६० वर्षमा दिने, भोलि गएर ४० वर्षलाई दिने भन्देला ।

यसरी गलत ढंगको नजिरहरुलाई अगाडि बढाएर भन्दा हामीले आर्थिकरुपमा गतिशील काठमाडौं बनाउनेतिर लाग्नुपर्छ । सांस्कृतिक रुपमा ऐतिहासिक एवं जीवन्त काठमाडौं बनाउनुपर्छ । बस्न लायक काठमाडौं बनाउनुपर्छ । कहीँ न काहीँ भर गर्न सक्ने काठमाडौं बनाउनुपर्छ । एकचोटि घुमौं घुमौं लाग्ने काठमाडौं बनाउनुपर्छ । यो देशको मुटु हो काठमाडौं । यो देशको नेतृत्व काठमाडौंले गर्छ, नेतृत्वकर्ता काठमाडौं होे भन्ने किसिमले आउनुपर्छ । यसरी-यसरी काम गर्छु भनेर १, २, ३ यो यो काम गर्छु भनेर आउनुपर्छ ।
उम्मेदवारले रेल गुडाउनेदेखि, सडक पखाल्नेसम्म कुरा गरेकै छन् त ?

यहाँ त दीर्घकालीन कुरोहरु कसैले गरेका छैनन् । कहिलेकाहीँ धुलो नियन्त्रण गर्छु भन्छन् । धुलो नियन्त्रण दीर्घकालीन लक्ष होइन । दीर्घकालीन लक्ष के हुनुपर्छ भने राम्रो पूर्वाधार विकास । धुलो नियन्त्रण गर्नैपर्दैन । वातावरण मैत्री काठमाडौं बनाउनुपर्छ । पूर्वाधारहरु त्यही अनुसारको बनाइदिनुपर्छ ।

यातायातका साधनहरु इलेक्टि्रक यातायात हो कि, मास ट्रान्जिटमा मोनोरेल, मेट्रो रेल अथवा बसहरु सञ्चालन गर्ने हो कि ? राज्यको दायित्व के हो भन्ने ढंगबाट जानुपर्ने ठाउँमा हामी त धूलो बढारेर दिनका दिन पखाल्छु । मेलम्चीको पानी ल्याएर पखाल्छु भन्नु दीर्घकालीन भिजन होइन । यो त दैनिक गर्नुपर्ने ड्युटी हो । दैनिक गर्नुपर्ने काम एजेण्डा होइन । काठमाडौंलाई दैनिक बढारेर सफा राख्छु, त्यो एजेण्डा होइन ।

कसैले भ्रष्टाचारको विरोधलाई पनि महानगरको एजेण्डा बनाएका छन्….

कोही भ्रष्टाचार नियन्त्रण गर्छु भन्छन् । यो अमूर्त भयो क्या ! के चाहिँ भ्रष्टाचार हो ? काममा ढीलासुस्ती भ्रष्टाचार हो कि ? गर्दिनुपर्ने काम नगरेर भ्रष्टाचार हो कि ? नगुर्नपर्ने काम गरेर भ्रष्टाचार भएको हो कि ? नीतिमा परिवर्तन गरेर हुने भ्रष्टाचार हो कि ? मान्छेहरुलाई प्रष्टसँग भन्नुपर्‍यो क्या !

कोही कोहीका एजेण्डाहरु मैले कस्ता देखें भने २४ सै घण्टा वडा कार्यालय सञ्चालन गर्ने रे Û रातको एक बजे वडा कार्यालय किन चाहियो भन्या क्या ? रातको १ बजे त क्लिनिक खोल्नोस् न । रातको १ बजे त मार्केट खोल्ने व्यवस्था गर्नोस न । रातको १ बजे पुलिस हिँड्ने व्यवस्था गर्नोस् न । रातको १ बजे हिँड्नेहरुलाई बत्ती राखिदिनोस् न । र, रातको १ बजे हिँड्नुपर्‍यो भने मैले बस चढ्न पाउँछु भन्ने ग्यारेन्टी गर्दिनोस् न । किन वडा कार्यालय खोल्ने भन्या क्या ?

मैले नबुझेको हो कि, बुझाउन नसकेका हुन् कि ! स्थानीय तहका एजेण्डाहरुको हामीले प्राथमिकता निर्धारण गर्न सकेनौं । यस्तो भइसकेपछि पब्लिकमा जाने कुराहरुमा हामी अवरुद्ध भयौं ।

यस्तो एजेण्डाविहीन चुनावले देशमा परिवर्तन ल्याउला भन्नेमा तपाई कति उत्साहित हुनुहुन्छ ?

उत्साहित त म उत्साहित छु । म लामो समय स्थानीय विकासमा काम गरेको व्यक्ति हुँ । म ब्युरोक्र्याटका साथै राजनीतिज्ञका रुपमा दोहोरो भूमिकामा पनि काम गरिसकेको व्यक्ति भएको हुनाले उत्साहित हुने ठाउँ चाहिँ छ है ।

काठमाडौंबासीहरु दलका नेता र सरकारी कर्मचारीहरुसँग वाक्क दिक्क छन् भन्ने गरिन्छ । तपाईले महानगरपालिकामा काम गर्दा कस्तो पाउनुभयो ? घर अगाडि खाल्डो पर्‍यो भने धरानमा तुरुन्तै पुरिन्छ, तर काठमाडौंमा किन पुरिन्न ?

एउटा खाल्डो पर्‍यो भने त्यो खाल्डो बनाउनुपर्छ भन्ने कुरा तीन महिनापछि थाहा हुन्छ । तीन महिनापछि त्यहाँ गएर इस्टिमेट गरेर टेण्डर हुँदाखेरि अर्को ६ महिना लाग्छ । ६ महिनापछि त्यहाँ जाँदा हिजोको ३ मिटरको प्वाल ७ मीटरको भइसक्छ । अनि फेरि हामी तीन मिटर टालेर हिँड्छौं । ७ मिटर नै टाल्न त फेरि त्यहाँ भेरिएसन अर्डर गर्नुपर्छ, त्यो पनि १५ प्रतिशत भन्दा बढी पाइँदैन ।

हिजो यो किसिमको विकासको मोडल थियो । तर, मैले केही सुरुवात चाहिँ गरिदिएको छु । काठमाडौं महानगरपालिकामा केही सुधारका कार्यक्रमहरु अघि बढेका छन् ।

जस्तै ?

धरानमा त नगरपालिका र स्थानीय जनताले ५०/५० प्रतिशत लगानी गर्छन् । उस्तै परे जनताले ६० र नगरले ४० प्रतिशतमात्रै बजेट हालेर पनि विकास भएको छ । यहाँ काठमाडौंमा त त्यस्तो छैन ।

सुरुमा मैले भनेको थिएँ, अनलाइनले राम्रो कभरेज पनि गरेको थियो । ७०/३० को प्रोग्राम राख्ने भनेर मैले काठमाडौंमा प्रयास गरें । कसैले ३० प्रतिशत पैसा जम्मा गर्न आयो भने उसले जुनसुकै शीर्षकमा जतिसुकै बेलामा पनि पैसा पाउँथ्यो । महानगरपालिकामा यो प्रोग्राम अहिले पनि छ । म हिँड्ने बेलामा ठ्याक्क स्वीकृत गरेर हिँडेको हो ।

तर, किन काठमाडौंमा यो कार्यक्रम प्रभावकारी भएन ? यहाँका जनता सचेत नभएका त पक्कै होइनन् होला….

काठमाडौंमा त कस्तो अधिकारमुखी कल्चर भयो भने नेतालाई गाली गर्ने, कर्मचारीलाई गाली गर्ने, क-कसलाई गाली गर्नुपर्छ, सबैलाई गाली गर्ने । तर, आफू केही पनि नगर्ने क्या ।

एकचोटि महानगरपालिका कार्यालयमा ठमेलका पर्यटन व्यवसायीहरुको टीम आयो । उनीहरुले हामीलाई १/२ करोडको योजना चाहियो भने । मैले उहाँहरुलाई भनें, एक दुई करोड हैन, म ५ करोड बजेट राखिदिन्छु, तपाईहरुले समग्र ठमेललाई हेर्न लायकको पर्यटकीय विकासको योजना ल्याउनोस् ।

त्यो काम पछि गर्दैजाँदा डेढ करोड पनि खर्च सकिएन । अहिले जम्मा ६० लाखको काम हुँदैछ भन्ने सुनेको छु । दुई वर्षमा पुग नपुग डेढ करोडसम्म खर्च हुन्छ कि ।

किन यस्तो हुन्छ काठमाडौंमा ?

किन भयो भन्दाखेरि व्यवसायीहरु ‘सर अस्ति पीच गरेको, घरबेटीले मेरो त घरभाडा बढायो’ भन्छन् । सरकारले पैसाले त्यहाँका व्यापारीहरुले सडक पीच गर्न खोज्दा त्यहाँका घरबेटीले घरभाडा बढाउँछन् । उनीहरुलाई कुनै दायित्व छैन, आफ्नो घर अगाडि खाल्टो परोस् नपरोस् ।

दरबारमार्गमा तपाई अर्को उदाहरण हेर्नुहोस् । त्यहाँ ढलको ठूलो समस्या छ । त्यहाँ एक करोड रुपैयाँ महानगरले हाल्यो । २० लाख रुपैयाँ त्यहाँका व्यापारीहरुले उठाए । पछि व्यापारीहरु मलाई के भन्दै थिए भने ‘सर २० लाख त हामीले उठायौं, तर यसको कति प्रतिशत भाडा बढ्ने हो, थाहा छैन । उल्टो !

मैले यो आफूले चाहेर पनि सुधार गर्न सक्दैनथें । तर, अबको मेयरले त के हो भने झ्याप्प कठालो समातेर ल्याएर जति प्रतिशत भाडा बढाउँछ, त्यसको अबको १० प्रतिशत बहाल कर नतिर् त । सरकारलाई, महानगरलाई घर बहाल कर नतिर् त । अब त मेयरले यसो गर्न सक्दैन ? अब त सक्छ ।

काठमाडौं महानगरभित्रको कुरा गर्दा त्यहाँ कमिसनको खेल पनि हुन्छ ? महानगरलाई दलका कार्यकर्ताहरुको भर्तीकेन्द्र बनाइएको छ भन्छन् नि ? के यो सही हो ?

हिजोका दिनमा त सबै त्यसैगरी नै चलेको थियो नि । हिजोको कर्मचारीतन्त्रमा त अहिले केही न केही फेरबदल ल्याउनैपर्छ । १८ वर्षसम्म कर्मचारीले मात्रै चलाएर एक किसिमको माइन सेटअप बनेका मान्छेहरुको त मानसिकता परिवर्तन गर्नैपर्छ । यही मानसिकताले अहिलेको कर्मचारीतन्त्रबाट काम गर्न सक्ने स्थिति छैन । मान्छे त्यही होला, तर उसले काम गर्ने शैली परिवर्तन गर्नुपर्छ । अहिलेको प्रभाव र दबावबाट फरक हुनुपर्छ, फरक भएर काम गर्नुपर्छ ।

महानगरपालिकामा त्यो खालको टीम छ ?

त्योखालको टीम त निर्वाचित जनप्रतिनिधिले बनाउने हो । कर्मचारी त एउटा टुल्स हो, साधन हो । गाडीजस्तै हो क्या ! गाडी थोत्रे नै भए पनि सावधानीपूर्वक चलायो भने गन्तव्यमा पुर्‍याउँछ । नयाँ गाडी भए पनि सावधानी अपनाएन भने दुर्घटना हुन्छ ।

काठमाडौं महानगरपालिका नयाँ गाडी हो कि थोत्रे ?

अहिलेको काठमाडौं महानगपालिका भनेको सावधानीपूर्वक चलाउनुपर्ने गाडी हो । सावधानी अपनाउन सक्नुपर्‍यो । त्यो अनुसारको टीम बनाउनुपर्छ ।

अहिलेको टीमले चल्दैन ?

अहिलेको टीमलाई त तपाई सोच्दै नसोच्नोस् न । समग्र रुपमा यो हिजोको टीममा काम गर्ने नै होइन । अबको दिनमा त कृषिको, शिक्षाको, सिंचाइ, सडक, सप्पै चिज त्यहाँ आउँछ ।

त्यसैले अबको मेनपावर भनेको हिजो काठमाडौं महानगरपालिकामा निर्वाचितले राखेका, जाँच दिएर पास भएर आएका, टीका लगाएर स्वतः स्थायी भएकाहरुको सोचमा जानै हुँदैन । यसरी जाने हो भने केही पनि बन्दैन । अबको नेतृत्व भनेको त स्थानीय तहमा निजामती कर्मचारीसमेत भएर, मिसिएर छुट्टै संरचना बन्छ । त्यो संरचनामा नयाँ टीम बन्छ र त्यसले गति लिन्छ ।

काठमाडौंको भावी मेयरलाई तपाई के भन्नुहुन्छ ?

अबको निर्वाचित मेयरले मैले हिजो भोगेको जस्तो अवरोधहरु भोग्नुपर्दैन । मेरा पालामा त मन्त्रीलाई एउटा कुरा भन्नुपर्थ्यो, सचिवलाई एउटा कुरा भन्नुपर्थ्यो । मुख्यसचिवकहाँ एउटा कुरा गर्नुपर्थ्यो । एउटा पार्टीलाई एकतिर कुरा गुर्नपर्थ्यो, अर्को पार्टीलाई अर्कोतिर कुरा गर्नुपर्थ्यो । पत्रकारको एउटा टीम छुट्टै हुन्थ्यो । नागरिक समाजमा अर्को छुट्टै टीम हुन्थ्यो । कर्मचारीहरुका १५ वटा युनियन थिए । मेरा यति धेरै अब्स्ट्रयाकल (अवरोध)हरु थिए ।

हिजोको कानून पनि आजको जस्तो थिएन । हिजो मलाई धेरै ठाउँबाट अवरोध गर्नेखालका कानूनहरु थिए । तर, आज यी चिजहरु त छैनन् नि । पैसा छ । निकाल्न सक्छ । अथोरिटी छ । बोलेको कुरा पुर्‍याउन सकिन्छ । हिम्मत चाहिँ हुनुपर्छ ।

हिम्मत हुनुपर्‍यो र भिजन चाहिँ हुनुपर्‍यो । काठमाडौंको धुलो मुक्त गर्छु भनेर मेरो भिजन हुँदैन । त्यो त मेरो ‘डे टु डे’ काम हो । दैनिक काम हो ।

अहिले हुनेवाला सम्भावित धेरैजना मेयरहरुसँग मेरो राम्रो सम्बन्ध छ । कतिपय हिजोको समयले उहाँहरुलाई सपोर्ट गर्दैनथ्यो । हुन त कतिपय राम्रा उम्मेदवारको भोट नआउला, कतिपय नराम्रा उम्मेदवारको पनि भोट आउला, त्यो आफ्नो ठाउँमा छ । तर, काठमाडौंले एउटा परिपक्व नेतृत्व चाहिँ खोजेको छ है । उरन्ठेउला नेतृत्वको काम छैन ।

किनकि, यो देशको राजधानी शहर हो । यसको इज्जत जोगाउन हामीले पर्छ । यसमा राष्ट्रिय अन्तरराष्ट्रिय प्रभावहरु पनि पर्छ । हाम्रो महानगरपालिकाको अन्तरराष्ट्रिय क्षेत्रमा राम्रो गुडविल पनि हुनुपर्छ । म आफैं महानगरपालिकामा बस्दा पनि तीनवटा विदेशका शहरसँग भगिनी सम्बन्ध बनाएको थिएँ । लोकल कुरामात्रै होइन, अन्तरराष्ट्रिय क्षेत्रमा पनि काठमाडौंलाई कसरी चिनाउने भन्ने सोच्नुपर्छ ।

यहाँले अन्तरवार्ताका क्रममा राजनीतिक दलहरुले चुनावी एजेण्डाको प्राथमिकता नै बुझेनन् भन्नुभयो, तपाईको विचारमा काठमाडौंको चुनावी एजेण्डा कस्तो हुनुपर्थ्यो ?

मैले के भन्छु भने उत्कृष्ठ पूर्वाधारहरु बनाउँछु । काठमाडौंको वातावरण स्वच्छ र सफा राख्छु भन्थें । धुलो त सफा राख्नैपर्छ, बढारेर हुन्छ कि पखालेर हुन्छ कि । कुचो लगाएर हुन्छ कि, पुछेर हुन्छ कि । मैले मान्छे खटाएर सडक बढार्न लगाएँ, भनेर वाहवाही गर्नु ठीक हैन भन्छु । किनकि पब्लिकले त त्यसका लागि पैसा तिरिराखेको छ नि । मेरो खल्तीबाट खर्च गरेर सडक सफा बनाएको हो र ? पब्लिकको पैसा त्यहाँ अव्यवहारिक ठाउँमा खर्च भइराखेको छ ।

तपाईले त त्यहीखालको पूर्वाधार बनाइदिनोस् न । अपाङ्गलाई सरर पब्लिक बस चढ्ने ठाउँमा पुग्ने बाटो बनाइदिनोस् न । संसारको कुनै शहरमा आँखा नदेख्ने व्यक्ति सेतो छडी टकटक टकटक हिर्काउँदै सहरको केन्द्रसम्म पुग्न सक्छ । तर, हाम्रोमा त कुनै पनि ठाउँ व्यवस्थित छैन । हिजो मैले फुटपाथ बनाउनुपर्‍यो भने सडकको अनुमति लिनुपर्थ्यो  । अब त नपर्ला नि ? एउटा ढल फुट्यो भने त्यसलाई फेर्न पनि सडकको अनुमति लिनुपर्थ्यो  ।

त्यसैले अबको दिनमा नयाँ नेतृत्वले यस्तो चिजहरुमा विचार पुर्‍याउनुपर्छ ।

मैले देखेको अर्को कुरा भनेको सुशासन प्रवर्द्धनका लागि अब आइटी बेसमा जानुपर्छ । मैले हिजो धेरै चिजहरुलाई आइटी बेसमा लान खोजेको थिएँ । हामीले अहिले मार्स सिस्टमलाई देशभरि रोलआउट गर्ने भनेका छौं । काठमाडौंमा मैले सुरुवात गरें ।

अब हामी मान्छेले फाइल बोकेर यता उता दौडने भन्दा पनि अब टेक्नोलोजीले ब्याक अप गर्नुपर्छ । अब धेरै मान्छेहरु अगाडि पछाडि राखेर यो स्टिमबाट हुँदैन । अब अनलाइन बेसमा काम गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

काठमाडौंका भित्री शहर मृत भइसके, गरीबलाई बाँच्न गाह्रो छ

२०७४ वैशाख २६ गते १३:०९ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२९ प्रतिकृयाहरू प्राप्त
  • uttam koirala लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १३:२७

    मैले यक महिना अगाडि मेरो घर जाने बाटोमा पानी जमेको ठाउमा यक ट्रक ग्राबेल हाल्दा मेरो छिमेकिले उल्टै सरकारको काम तिमीले किन गरेको भनेर झगडा गह्रो अनी के गर्ने यस्तो टोलमा ?

    52
    2
    Share

  • अभिनय क्षत्री लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:१३

    सबै जनाले मैले यति गरें र उति गरें मात्रै भन्छन् । गरेको चांहि केही देखिदैंन खै !

    30
    1
    Share

  • Dipak Paudel लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:१३

    Kina Rudra sir tapaile kathalo samauna nasakeko ho? yedi ho bhane kina kursi ma basnu huncha kayer bhayera.

    19
    1
    Share

  • jhutre ji लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:२५

    तेतिका दिन बस्दा खाली यो गर्छु र त्यो गर्छु भन्यौ, उदाहरणीय के काम गर्यो र ? अहिले नभए पछि अर्कालाई अर्ति दिन्छ्यौ .

    34
    3
    Share

  • अस्मिता शेर्चन, भोटेबहाल काठमाडौं लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:५०

    घर बहाल कर कथाला समातेर तिर्यौउन करौदौ बैन्क कर्जा लिएर बनायको के बहाल बस्ने तेरो बाहुले तिर्छ त मुलासाग ?

    58
    20
    Share

  • कमल लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १८:४१

    पैसा हुनेले अाफै बनाउने बाटो, अलि गरिब क्षेत्रमा सरकारले बनाउने, मिलेर बनाउने ।

    16
    0
    Share

  • Makwanpure लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १८:४७

    kathmandu ko gharbeti haru le nai vote diyera ta mula haru lai jitaune ho ani uhi gharbetikai kathalo samaune kura garchhas hasaunchha sere le hahaha halka ramailo

    44
    6
    Share

  • he he he लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १९:३१

    sale kukar hamrai tireko kar le talab kheyera paribar palchas

    28
    6
    Share

  • subhas लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते २१:५८

    Neta harule bhrastachhar nagarne ho bhane ma thokera bhanna sakchu ki gharbeti haru matra haina sabai janata le aafai karr tirna agrasar hunchan..jai nepal.

    18
    0
    Share

  • Ramesh लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १०:३८

    Rudraman Tamang is one of the MOST CORRUPTED person. When he was in nagarpalika, he started threatening all KTM house and building owners, he will demolish all illegal buildings (i.e. not as per naksa pass). In KTM 80% houses are not as per construction drawings, some has more story than allowed, some have more coverage than allowed. So people got afraid.

    Even i went to municipality office to inquire about it. Then I met this person, who was working for Rundraman, he asked me 5 LAKHS rupees to get NIRMAN SAMPANNA even if my building was not as per construction diagram. I thought this middleman was trying to fool me, so I asked him to take me to main boss.

    I met this person Rundraman, he is one cunning bastard. He asked for more than 7 lakhs rupees to get the certificate.
    He made millions and millions of rupees by getting bribes from KTM people who went for nirman sampanna.
    I told him i can’t pay, but many people paid him more than 10 Lakhs to get the certificate.

    Finally AKTHIYAR found about it and cancelled all the nirman sampanna given by Rudraman. So people lost money and they dont have nirman sampanna. Rudraman refused to return the bribe that he had taken.
    In order to save himself from angry builders, he himself made transfer from muncipality.

    So this is truth about Rundraman.
    He is the most corrupt SON OF BITCH

    59
    4
    Share

  • Madhu Prakash Khatiwada लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १३:४५

    Lutera kamauna palkekaharule matra Rudra Sir ko birodh garxan. Ghar Bahal kar tirna nasakne bhaya kina ghar banauna paryo??? Ghar nai nabanayepaxi kina chaeyo bank ko loan??? J sukai kurama pani euta marginal rate bhanda return khojne fatahale garda desh bigreko ho. I know that Rudra Sir is doing well. Keep it up !!!

    5
    39
    Share

  • भरत प्रशाद नेपाल, नक्साल, काठमाडौं लेख्नुहुन्छ    |   २०७४ वैशाख २८ गते १२:१०

    नेपालमा सुकुल्छाप नेताहरु र भ्रस्त कर्मचारीहरुले देश र जनताहरुको सम्पत्ति लुत्नसम्मा लुतिसक्यो र अब चाँही देश्भक्त जनताहरु चुप लागेर बस्न हुँदैन । एस्ता सुकुल्छाप नेताहरु र भ्रस्त कर्मचारीहरुले उप्त्यका बासिहरुले आफ्नो पैत्रिक सम्पत्तिको बैन्क्बाट कर्जा लि बनायको घरमा बस्ने देरा बहाल नतिरिने र फेरी एस्ता सुकुल्छाप नेताहरु र भ्रस्त कर्मचारीहरुले अर्काको घरमा देरागरी बसी अर्काको घर जगाको किर्ते गरी बेच बिखन समेट गरी आयको जग्जाहेर नै छ । तसर्थ एस्ता सुकुल्छाप नेताहरु र भ्रस्त कर्मचारीहरुको सम्पत्ति विवरण लि एस्ता अनैतीक गरी कमायको सम्पत्ति राष्ट्रियकरन गरी काल्-कोथरिमा कोच्नु पर्छ ।

    26
    1
    Share

  • Niroj Bhattha लेख्नुहुन्छ    |   २०७४ वैशाख २८ गते २१:१८

    Mari Mari paisa jutayera khai nakhai garera ghar banaune hami aile tirnu parne e thug harulai, janta aba chhup lagdaina jago janta jago birodh garau

    19
    2
    Share

  • अस्मिता शेर्चन, भोटेबहाल काठमाडौं लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते १२:००

    अब घरपतिको कथालो समात्ने होइन कि तिमी जस्ता भ्रस्त कर्मचारीहरु तथा सुकुल्छाप नेताहरुलाइे छानी छानी सर्बशो हरन गरी काल्कोथरिमा कोचनु पर्छ तथा अर्काको करोदौ पर्ने घरमा बशी बहाल नतिरिने अर्काको घर-जगा जाल्साजी किर्ते गरी आफ्नो नाम्मा गर्न खोज्नेहरुलाई उप्त्यकाबाट चार्पाते मोदी निकाला गर्नु पर्छ कि कसो ?

    27
    2
    Share

  • adhit लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते १२:०८

    kina samatne gharbetiko kathalo.Hamile tireko kar kaha haliyeu vanera gharbetile chahi kathalo samauna ber chaena hos garnus . chahine vanda badhi karmachari chan sarkari office ma kam chahi kehi hudaina. Oda bata ta jhan kehi kam hudaina. J garna pani ghardhanilenai kharcha garnu parcha. dukha garera kamako paisale ghar banayo vadama diyo . kar tiriyo sarkari karmachari kai vudi vardai thik huncha tai pani yesto kura bolne laz lagnu parne ho.

    13
    0
    Share

  • krishna Byanju लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते १३:००

    सन्दर्भ घरबेटीलाई कठालो समान्ने कुराको ः

    घरधनीको पनि आफ्नै कथा र व्यथा हुन्छ भने । बहालवालाहरुले पनि कोठा नपाए सम्म जे जस्तो शर्त स्वीकार्ने र कोठा पाएपछि नाना थरीका व्यक्तिगत समस्याहरु तेस्र्योउदै जाने र अन्तमा घरनीलाई मात्र दोषी ठहराउने जुन प्रवृत्ति छ त्यो सरासर गलत छ । यति मात्र कुरा बुझे काफी हुन्छ कि खुद्रा पसलका पसलेले आफ्नो सामानको विक्रीमा भाउँ मिलेन भने ”यति रुपैयाँ सम्ममा म बिक्री गर्न तयार छु होइन भने हुदैन” भन्ने वितिकै कुरा सकिन्छ भने आफ्नो घरमा बसेका डेरावालाई कुरा नमिल्दैमा आजै कोठा छोड्नु भोली नै छोड्नु भन्ने कुरा हुदैन र यदि त्यस्तो भनेमा घरबेटी र कोठावाला विच विभिन्न प्रकारको झै झगडा शुरु हुन्छ । यसमा के रुद्रसिंह तामाङ्गजीले संयोजनकारी भूमिका निभाई घरबेटीको समस्या समाधान गरी दिने हो ? यदि हो भने मात्र तपाईले घरबेटीको कठालो समाउने अधिकार रहन्छ हैन भने तपाई पनि पक्कै कुनै बेला कोठावाला र हालका दिनमा घरबेटी भैसक्नु भएको होला विचार गर्नुहोस् ।

    18
    0
    Share

  • तुलसा लेख्नुहुन्छ    |   २०७४ वैशाख ३० गते ११:१४

    काठमाडाैकाे घरबेटीकाे कठालाे समाउने नेता राेल्पामा पुगेर भाेट मागेर अाअाे ।

    17
    1
    Share

  • ललितपुरे जेठा लेख्नुहुन्छ    |   २०७४ वैशाख ३० गते ११:१५

    काठमाडाैकाे घरबेटीकाे कठालाे समाउने नेता राेल्पामा पुगेर भाेट मागेर अाअाे ।

    12
    1
    Share

  • KATHMANDU लेख्नुहुन्छ    |   २०७४ जेठ १ गते २२:४९

    KATHMANDU KO GHAR TERO AMA LE DAIJO MA LIYERA AKO PEWAHOINA .KATHMANDU KO GHARBETI LAI HERNU BAHANDA PAHILE KATHMANDU BAHIRA BATA AYERA KATHMANDU MA GHAR KINERA BASEKA LE SADHARAN KARMACHARI RA NETA HARU KO SAMPATHI BIBARAN HERIYOS,SABAI BHANDA PAHILE TA BATA NAI SURU GARNU PARCHA.

    7
    1
    Share

  • बिपु लेख्नुहुन्छ    |   २०७४ जेठ २ गते १०:०८

    एउटा रमेश भन्ने जन्तुले अहिले रिस पोखेको देखियो । हिजो पदमा हुँदा चुँक्क बोल्न सकेनस् । अहिले पदमा नहुँदा ठूलै फूर्ति गर्यो । मरेको बाघको जुँगा उखालेर बहादुर ठान्ने त्यो जन्तुसँग केही प्रमाण छ भने ठीक छ नत्र भने यसको ठेगाना पत्ता लगाएर मानहानीको मुद्दा लगाउनु पर्छ ।

    7
    2
    Share

  • जीवन लेख्नुहुन्छ    |   २०७४ जेठ ३ गते ०:२६

    आफ्नै भोटरहरूको कठालो समात्ने ?!! काठमान्डौको मेयरले काठमान्डौ बासीको हित पहिले सोच्नु पर्दछ …

    6
    1
    Share

  • zaki लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १५:१२

    Kunai ghar beheti ko kadhalo samatnai parcha…
    harek years nai besi besi bhada badaucha…
    wuniharu lai k kami tara pani gharbeti haru lutna baseka chan.

    3
    1
    Share

  • Hari Thapa लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १०:३१

    Publish your wealth certificate during your entry in civil service and at present status including the tax certificate deposited by yourself as a mayor of Kathmandu to public verification to check for transparency international as white paper. Otherwise read the comments made by other and maintain as civil servant not as corrupt leader.

    1
    0
    Share

  • ann लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:११

    khali tax uthaune kura matra garne.. bato chauda banauna ghar bhatkaune kura matra garne.. paila kar tire anusar subhidha deu, paani tatha bigreko bato ko samashya samadhan gardeu .. timlai khoji khoji aucha tax tirna.
    gharbeti ko kathalo samatne re.. kathmandu ma ta sakdainau.. afnai gau gayera garnu tyo kaam chai..

    1
    0
    Share

  • Geeta Adhikari लेख्नुहुन्छ    |   २०७४ जेठ ८ गते १२:२९

    khai nakhai villagema vayako sabai sampati samma bechera ani karmachari sanjaayakosh sapat liyar banayako gharma loan tirna huncha vaner 1,2 flat vada diyako huncha,tesma pani govtle hostchep gar6,tax tirepachi bato,pani,kehi khulla place,tatha annya vautik purbardhar banai deya kehi tax linu thikai ho tara, dhamkayar tax line hoina,tax tirna janatalai khusi banaunu sarkarko dayito ho,jasale aafi tax pay garos.

    1
    0
    Share

  • पवन लेख्नुहुन्छ    |   २०७४ जेठ ८ गते १७:४७

    रुद्रमान सरकारी कर्मचारी समेत भएकोले कर्मचारी सम्मत मिठो भाषा र आदर्श ब्यबहारको आशा गरिन्छ | घरधनी त उहाँ पनि हो |हामी करदाता नै हो | सम्मानजनक ब्यबहार गर्नुहोस |

    2
    0
    Share

  • samjhana लेख्नुहुन्छ    |   २०७४ जेठ १० गते ११:५८

    घर भाडामा सरकारले दाबी गर्दा त निकै स्वाद आए जस्ताे छ तर घर बनाउनकाे लागी सुबिधा चाही के दिएकाे छ सरकारले तेता पनि साेच्ने वा हेर्ने हाेकी

    1
    0
    Share

  • bipu krishna Byanju लेख्नुहुन्छ    |   २०७४ जेठ १० गते १६:४४

    बिपु भन्ने छदम्भेशी नामक ब्वास्वो तमाङको मतियार जस्तो छ नि कसो ? यो लेखेबापत कती पारश्रमिक पायो कुन्नी !

    2
    0
    Share

  • बिपु कृष्ण ब्यान्जु, भक्त्पुर लेख्नुहुन्छ    |   २०७४ जेठ १० गते १६:४७

    बिपु भन्ने छदम्भेशी नामक ब्वास्वो तमाङको मतियार जस्तो छ नि कसो ? यो लेखेबापत कती पारश्रमिक पायो कुन्नी !

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this