Comments Add Comment

जापानमा ‘सायद-२’ को प्रिमियर शो हुँदै

निर्माता सनिल रावल र नायक सुशिल श्रेष्ठसहितको टोली जापानमा

९ मे, टोकियो । नेपाली कथानक चलचित्र ‘सायद-२’ को प्रिमियर शो जापानमा गरिने भएको छ ।

यही मे १४ तारिख नाकानो जिरो हलमा गरिने पि्रमियर शोका लागि चलचित्रका निर्माता सुनिल रावल, अभिनेता सुशिल श्रेष्ठ, सञ्चारकर्मीद्वय श्याम अर्याल र सचित खड्का जापान आएका छन् । निर्माता रावलसहितको टोली मंगलबार बिहान जापान आइपुगेको हो ।

युवापुस्ताको कथामा आधारित यस चलचित्रको नेपाल प्रदर्शन मिति असार ३० गते तय गरिएको छ ।

चलचित्र ‘सायद-२’ को पि्रमियर शोको सम्पूर्ण तयारी पूरा भएको जापानमा व्यवसाय गर्दै आएका चलचित्रका अर्का निर्माता ईश्वर श्रेष्ठले बताएका छन् ।

चलचित्रको पि्रमियर शोबाट उठेको रकम जापानमै रहेका सुदूरपश्चिमका जेहेन्दार विद्यार्थीको छात्रवृत्तिको लागि सहयोग गरिने निर्माता श्रेष्ठले बताए । चलचित्रमा रावल र श्रेष्ठसहित सुबास लामिछानेको पनि लगानी रहेको छ ।

दुर्गिस फिल्मस्को व्यानरमा निर्मित यस चलचित्रमा सुशिल श्रेष्ठ, सरोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनिल रावल, सुशिल सिटौला, निशा कार्की, रुविना कार्की, वुद्धिलाल मगरको मुख्य भूमिका छ ।

पुष्पराज न्यौपानेको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा राजविक्रम थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्वन्द, गोविन्द राई र विक्रम स्वारको कोरियोग्राफी छ ।

श्रीष मगरबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment