Comments Add Comment

काठमाडौं छाडेर गाउँमा भोट हाल्न जानुहुन्छ ? (भिडियोवार्ता)

राजधानी बाहिरका मतदाता भन्छन्- भोट हाल्न त जानुपर्ला

२६ बैशाख, काठमाडौं । राजधानीमा बसोबास गर्ने लाखौं मानिसको मतदाता नामावली चाहिँ काठमाडौं बाहिर आफ्नो गृहजिल्लामै छ । बैशाख ३१ गते मतदानमा भाग लिने हो भने ३१ जिल्लाका मतदाताहरुले गृहजिल्लामै जानुपर्ने हुन्छ ।

चुनावमा भोट हाल्न काठमाडौं बाहिरका मतदाताहरु गाउँ जालान् कि नजालान् ? हामीले यसबारे केही राजधानीबासीलाई सोधेका छौं ।

हामीसँग कुराकानी गर्ने क्रममा केही मतदाताहरुले भोट हाल्न गाउँ जानका लागि आतुर रहेको बताए । केही मतदाताहरुले जसलाई भोट हाले पनि केही पाइएन भन्दै नेताहरुप्रति वितृष्णा भाव देखाउँदै भए पनि ‘भोट हाल्न जानुपर्ला’ भन्ने अभिव्यक्ति दिए ।

केही मतदाताले चुनावलाई भन्दा आफ्नो पसल र व्यवसायलाई महत्व दिएको देखियो । उनीहरुले परिवारका कोही सदस्यहले पसल चलाउने र कोही भोट हाल्न गाउँ प्रतिक्रिया दिए ।

काठमाडौं जिल्लाको वास्तविक जनसंख्या ९ लाख ७५ हजार ४ सय ५३ हो । तर, राजधानीमा १५ लाखभन्दा बढी मानिसको बसोबास रहेको अनुमान छ । तर, काठमाडौंको मतदाता संख्या भने ५ लाख ५९ हजार ४ सय मात्रै छ । यसमा पनि काठमाडौं महानगरको मतदाता संख्या २ साख ७७ हजार छ ।

दशैं-तिहारका बेला राजधानी बाहिरका मानिसहरु गृहजिल्ला र्फकंदा काठकाडौंका सडकहरु सुनसान हुन्छन् । त्यो दृश्यले बाहिरी जिल्लाका मानिसहरुको काठमाडौंमा हुने उपस्थितिलाई स्पष्ट पार्छ ।

तर, आसन्न स्थानीय चुनावमा दशैंमा जसरी काठमाडौं सुनसान हुने लक्षण खासै देखिएको छैन । किनभने कतिपय राजधानीबासीले चुनावमा गाउँ र्फकने खासै जाँगर देखाएको पाइएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment