Comments Add Comment

उत्तर पश्चिम चीनमा शक्तिशाली भूकम्प, आठको मृत्यु

२८ बैशाख, काठमाडौं । उत्तर पश्चिमी चीनमा भूकम्प जाँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

चीनको पश्चिम उत्तरस्थित झिनजियाङको ट्याक्सकोर्गन काउन्टी क्षेत्रलाइ केन्द्र बनाएर गएको ५.५ म्याग्निच्युडको भूकम्पले त्यस क्षेत्रका १२ हजार चिनियाँ प्रभावित बनेका छन् ।

उनीहरुमध्ये ९ हजार २०० बढीलाई सुरक्षित स्थानमा सारिसकिएको चीनको सरकारी समाचार संस्था सिन्हृवाले जनाएको छ । घाइतेहरुलाई अस्पताल पुर्‍याइएको छ ।

१ हजारभन्दा बढी चिनियाँ सेना र १५ सयभन्दा बढी नागरिक भूकम्पग्रस्त क्षेत्रमा राहत तथा उद्धारका लागि पुगेका छन् ।

झिनजियाङको भूकम्प मापन केन्द्रका अनुसार स्थनीय समय अनुसार बिहान १० बजे भूकम्प गएको हो र त्यसयता करिव १०० पराकम्पहरु गइरहेको छ ।

जमिनको सतहदेखि १० किलोमिटरबाट गएको भूकम्मले केन्द्रबाट २० देखि ५० किलोमिटरको क्षेत्रमा बढी क्षति पुर्‍याएको झिनजियाङ भूकम्प मापन केन्द्रले जनाएको छ ।

ट्याक्सकोर्गनको कुजगुन गाउँमा भूकम्पले सबैभन्दा बढी क्षति पुर्‍याएको छ । त्यहाँका कम्युनिष्ट पार्टीका प्रमुख वाङ फुयोउले लगातार पराकम्पहरु आइरहेकाले अझै सुरक्षित महशुस हुन नसकिएको प्रतििक्रया दिएका छन् ।

यस गाउँका थुप्रै घरहरु भग्नावशेसमा परिणत भएका छन् । भूकम्पले घरगोठ भत्कँदा थुप्रै पशुचौपायको पनि मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment