Comments Add Comment

काठमाडौंको हालत यस्तो छ, मोनोरेल कता कुदाउने ? (फोटोफिचर)

२८ बैशाख, काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरु स्थानीय चुनावमा भोट माग्दै हिँडिरहेका छन् । उनीहरुले मोनो रेल, मेट्रो रेल, सफा सुन्दर काठमाडौं बनाउने सपना बाँडिरहेका छन् तर, काठमाडौंबासीको विपनाचाहिँ कस्तो होला ? वास्तविकता बुझ्न सिंहदरबारबाट पुतलीसडक पुगे हुन्छ ।

राजधानी काठमाडौंमा बिहीबार दिउँसो करिब आधाघण्टा पानी पर्‍यो । तर, पानीको निकास नहुँदा पुतलीसडक जलमग्न भयो । पैदलयात्रु मात्रै होइन, गाडी चालक र पसल सञ्चालकहरुसमेत जलमग्न सडकका कारण मर्कामा परे ।

सरकारले हिलो र धुलो भएको भन्दै काठमाडौंका सडक पखाल्ने अभियान नै चलाएको छ । कतिपय उम्मदेवारले मेलम्चीको पानी आएपछि सडक पखाल्ने घोषणा गरेका छन् । तर, ढलको उचित निकास नहुँदा पानी पर्नासाथ हिलाम्मे हुने गरेको छ ।

काठमाडौं महानगरपालिकाका पूर्वकार्यकारी प्रमुख रुद्रसिंह तामाङका अनुसार मेलम्चीको पानीले सडक पखाल्ने कुरा गर्नु अघि दलका नेताहरुले ढल निकासको व्यवस्था गर्ने हो कि ?

किनभने मेलम्चीको पानी नआउँदै सामान्य वर्षा हुँदा काठमाडौंमा पानी जम्ने गर्छ । मेलम्ची आएपछि यो समस्या झनै बढ्न सक्छ ।

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment