Comments Add Comment

लगानीका लागि असुरक्षित राष्ट्रको सूचीमा नेपाल विश्वमै तेस्रोः अध्ययन


२८ बैशाख, काठमाडौं । स्थानीय निर्वाचनमा भोट माग्दा दलहरुले आर्थिक विकासका लागि वैदेशिक लगानी भित्र्याउने विषयलाई ठूलै एजेण्डा बनाएका छन् । तर, नेपाल लगानीका लागि कति असुरक्षित अवस्थामा पुगेको छ भन्ने भर्खरै प्रकाशित एक अध्ययन रिपोर्टले देखाएको छ ।

हालै गरिएको एक अन्तर्राष्ट्रियस्तरको अध्ययनले नेपाललाई लगानी गर्नका निम्ति असुरक्षित राष्ट्रको रुपमा चित्रण गरिदिएको छ ।

एफएम ग्लोबल नामक अमेरिकी इन्स्योरेन्स कम्पनीले प्रकाशित गरेको लगानीका लागि सुरक्षित राष्ट्रहरुको सुचीमा नेपाल पुछारबाट तेस्रो नम्बरमा परेको हो । सुचीमा नेपालभन्दा पछाडि हाइटी र भेनेजुयला मात्र छन् । अध्ययनका क्रममा विश्वका १ सय ३० वटा राष्ट्र तथा क्षेत्रहरुको लगानी वातावरण अध्ययन गरिएको थियो ।

सरकारकाेशब्दमा भन्दा नेपाल विदेशी लगानी भित्र्याउनका लागि सरकारले भरमग्दुर कोशिस गरिरहेको छ । तर, रिजल्ट भने उल्टो देखिएको छ ।

१३० औं स्थानमा रहेको हाइटीले १०० पुर्णांकमा शून्य अंक प्राप्त गरेको छ । १२९ औं स्थानमा रहेको भेनेजुयलाले ५.६ अंक मात्रै प्राप्त गरेको छ । नेपालले ११. ६ अंक प्राप्त गरेर १२८ औं स्थानमा रहेको छ । दक्षिण एशियाली राष्ट्र पाकिस्तान नेपालभन्दा माथि रहेको छ । यसले १३.५ अंक प्राप्त गरेर १२५ औ स्थान ओगटेको छ ।

लगानीका लागि सबैभन्दा सुरक्षित राष्ट्रमा स्वीजरल्याण्ड ठहरिएको छ । यसले १ सय अंक पापत गरेर पहिलो स्थान कब्जा गरेको हो । लक्जेमबर्ग दोस्रो स्थानमा परेको छ । सन् २०१३ मा यो राष्ट्र आठौ स्थानमा रहेको थियो ।

त्यसैगरी लगानीका लागि सुरक्षित राष्ट्रहरुको सूचीमा स्वीडेन तेस्रो, अष्ट्रिया चौंथो, जर्मनी पाचौं र बेल्जियम छैठौं स्थानमा रहेका छन् । बेलायत भने यो वर्ष १६ औ स्थानमा परेको छ । छिमेकी राष्ट्र भारतले ४१.७ अंक प्राप्त गरेको छ र लगानीका लागि सुरक्षित राष्ट्रमा ६० औं स्थानमा परेको छ ।

चीन र अमेरीकाको भने विभिन्न क्षेत्र छुट्याएर जोखिमको बारेमा बिश्लेषण गरिएको छ । एफएम ग्लोबलले अमेरीकाको पूर्वी क्षेत्रलाई दशौं स्थानमा राखेको छ । त्यस्तै केन्द्रलाई नवौं स्थानमा राखेको छ भने पश्चिम क्षेत्रलाई १८ औं स्थानमा राखेको छ ।

चीनको १ नम्बर क्षेत्रलाई ६८ औं स्थानमा राखिएको छ भने २ नम्बर क्षेत्र ७२ औं र क्षेत्र ३ लाई ६६ औं स्थानमा राखिएको छ ।
एफएम ग्लोबलले वल्र्ड इकोनोमिक फोरम, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले उपलब्ध गराएको तथ्यांकमा आधारित रहेर यो सूची प्रकाशित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment