Comments Add Comment

भक्तपुरमा नवलपरासीको मतपत्र पुगेपछि…..

३१ वैशाख, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकाको एक मतदान केन्द्रमा नवलपरासीको मतपत्र पुगेको भेटिएको छ । मतदान सुरु भएको केही घन्टापछि मात्र भक्तपुरमा नवलपरासीको मतपत्र पुगेको खुलेको हो ।

नागरकोट गाविस भवन मतदान केन्द्रमा पुगेको मतपत्रमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिहृन मादल नै भेटिएन । २२ जना मतदाताले मतदान गरेपछि एक मतदाताले मादल चुनाव चिहृन नभएको जानकारी गराएको वडा नम्बर ६ का नेमकिपाका उम्मेदवार कुमार थिङले जानकारी दिए ।

यो मतपत्रहरु मतदान अधिकृतले पोको पारी राखेका छन् । नेमकिपाले घटनाको छानविन गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment