Comments Add Comment

अमेरिकामा तेक्वान्दो प्रशिक्षक बलाललाई दोब्बर छैटौं कालो फित्ता उपाधी

१४ मे, वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको ग्रान्ड मास्टर एचकेली एकडेमी अफ तेक्वान्दो इन भर्जिनियाले नेपाली मूलका तेक्वान्दो प्रशिक्षक कृष्णबहादुर बलाललाई छैठौ कालो फित्ता उपाधि प्रदान गरेको छ ।

उक्त एचके ली तेक्वान्दो पाठशालामा प्रशिक्षकको रुपमा कार्यरत प्रशिक्षक बलाललाई पाठशालाले उनी सहित अन्य ५ जना छैठौ ब्लाक बेल्ट डिग्री प्रदान गरेको हो ।

उक्त पाठशालामा नेपाली प्रशिक्षक ,खेलाडी तथा प्रतियोगितामा नेपालको व्यापक प्रतिनिधि रहने हुनाले उक्त तेक्वान्दो पाठशालामा नेपालको झन्डा भित्तामा अन्य देशसंगै सजिएको छ ।

बलालले नेपालको झन्डा रहेको उक्त प्रशिक्षण कक्षमा बिशेष प्रस्तुति गर्दै बिशेष समारोहमा बलाललाई छैठौ उपाधिले सम्मान गरिएको छ ।
संस्थापक एचके ली कोरियन मुलका हुन भने उनले नेपालीलाई माया गर्ने र विश्वास आफु भित्र रहेको बताउदै उक्त पाठशालाका पूर्व चेला तथा प्रशिक्षक कुमार कार्कीको नाम लिदै उनको भूमिकाको सराहना गरेका थिए ।

प्रशिक्षक बलालले नेपालबाट नै छैठौ कालो फित्ता उपाधि प्राप्त गरिसकेका हुन भने उनको गत मे १३ तारिखमा दोब्बर छैठौ उपाधि प्राप्त गरेका हुन् ।

उनी निर्णयकको भूमिकाको निर्वाह गर्छन भने उनी क समूहका प्रमाणित निर्णायक पनि हुन् । बलाल बिश्वका ३० वटा देशमा टोलि नेता ,व्यवस्थापक ,निर्णायक तथा खेलाडीको रुपमा सहभागिता गरिसकेका छन । उनी नेपाल अन्तराष्ट्रिय तेक्वान्दो फेडेरेसन,युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका पूर्व अध्यक्ष पनि भइसकेका छन् ।

सन् २०१२ देखि डीसी को ली तेक्वान्दो पाठशालामा प्रशिक्षकको रुपमा कार्यरत छन भने उनी नेपाल तेक्वान्दो फेडेरेसनका वरिष्ठ सल्लाहकार तथा युनाईटेड स्टेट्स तेक्वान्दो फेडेरेसनका सल्लाहकार पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment