Comments Add Comment

भेषभुषा प्रदर्शन गर्न प्रियंका कार्की अमेरिका आउने

१४ मे, वाशिंगटन डिसी । नेपाली चलचित्रकी नायिका प्रियंका कार्की अमेरिकाको टेक्सस राज्यको प्रख्यात शहर ड्यालस आउने भएकी छिन् ।

उनी आगामी जुन ३० देखि जुलाई २ सम्म हुने नेप्लीज अमेरिकन कन्भेन्सन नामक सम्मेलनमा सहभागी हुन आउने निधो भएको प्याटि्रक सुबेदीले जानकारी दिएका छन् ।

नायिका पि्रयंका जुन महिनाको अन्त्यमा आउने भएकी छन् भने पि्रयंकाले उक्त सम्मेलनमा तीन दिन कार्यक्रमहरुमा सहभागिता जनाउने छिन ।

बिशेष उनी कार्यक्रम प्रस्तोता, भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रुमा बिशेष प्रस्तुति तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछिन् ।
भेषभूषाको डिजाइनर (रुपकार) ओढनी बुटिक (वस्त्रालय) ले गर्ने भएको छ ।

भेषभूषा प्रतिस्प्रधामा सहभागी हुनको लागि आवेदन पत्र खुला गरिएको छ भने प्रवेश शुल्क ४५० डलर राखिएको छ । १८ देखि २९ बर्षका युवतीहरुले निवेदन दिन सक्ने आयोजकले बताएको छ ।

नेप्लीज अमेरिकन सम्मेलनमा खेलकुद, मनोरंजन, बिबिध मंच, गोष्ठी, व्यापार प्रदर्शन, बालबालिका प्रतिभा प्रतियोगिता, सांस्कृतिक कार्यक्रमसमेत रहने जानकारी बजारिकरण समेत हेर्ने प्याटि्रक सुबेदीले बताए ।

हालसम्म ८ वटा खेलकुद टोलीले सहभागी जनाउने निश्चित गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment