Comments Add Comment

मतगणनामा आयोग लचिलोः एउटै चिन्हमा दुई छाप सदर

मसी लत्पतिए पनि मान्य, च्यातिएको मतपत्र नचुडिए सदर हुने

१ जेठ, काठमाडौं । के स्थानीय चुनावमा भोट हाल्दा तपाईंले भुलवस एउटै चुनाव चिन्हमा दुईवटा छाप हान्नुभएको छ ? छ भने पनि धन्दा मान्नुपर्दैन, तपाईंको भोट बदर हुने छैन ।

तपाईले मतपत्र पट्याउन जान्नुभएन र स्वस्तिकको मसी अन्यत्र लत्पतिएको भए पनि सदर हुने आयोगले लचिलो नीति लिएको छ ।

मतपत्र ठूलो भएकाले यसपालिको मतदानमा धेरै संख्यामा मतपत्र बदर हुने चिन्ता व्यक्त गरिएको थियो । सम्भवतः यसैलाई ध्यानमा राखेर निर्वाचन आयोगले मतपत्र गणनाका लागि उदार नीति अपनाएको छ ।

निर्वाचन आयोगले जारी गरेको निर्देशनअनुसार एउटै चुनाव चिन्हमा दुईवटा स्वस्तिक छाप लगाइएको भेटिए पनि त्यस मतपत्रलाई बदर गरिने छैन ।

त्यसैगरी मतपत्र च्यातिएको तर टुक्रा नभएको अवस्थामा पनि त्यसलाई सदर गर्न आयोगको निर्देशन छ ।

आयोगले भनेको छ- ‘मतदानको क्रममा मतपेटिकामा रहेका मतपत्रहरु पुसरद्वारा मिलाउँदा मतपत्र च्यातिएको तर टुक्रा भएर नछुट्टएिको तथा मत संकेत गरिएको चिन्ह स्पष्ट भएमा त्यस्तो मतपत्र गणना गर्ने ।’

आयोगले बनाएका अन्य प्रावधान पनि लचिला छन् । मतदाताले मतपत्र पट्याउँदा कुनै एक चिन्हमा रहेको स्वस्तिक छाप अर्को चिन्हमा भएको कोठामा प्रतिविम्वित भएको अवस्थामा मत पत्र बदर हुने छैन । यसमा सुल्टो स्वस्तिक छाप भएको निर्वाचन चिन्हको मतसंकेतलाई मान्यता दिएर मतगणना गर्ने आयोगको निर्देशन छ ।

मतदातालाई मतपत्र दिँदा भुलवश मतपत्रको अर्धकट्टीसमेत दिएर सो अर्धकट्टीसहितको मतपत्र मतपेटिकामा खसाइएको भए पनि फरक पर्ने छैन । मतपत्रको चाङ मिलाउँदा त्यस्तो अर्धकट्टीलाई अलग गरेर मतगणना गर्ने आयोगको निर्देशन छ ।

मतपेटिकामा लगाइएको सुरक्षण सील कसैको कतव्र्यबाट नभई ढुवानी तथा भण्डारणका क्रममा केही टुटफुट वा घटी भएको अवस्थामा पनि त्यस्ता मतपेटिका सबुदै भएको मानेर गणना गर्न आयोगले भनेको छ ।

मतपत्रमा मतदान अधिकृतले दस्तखत गर्दा सिसाकलम बाहेक कालो, नीलो, हरियो, रातो वा अन्य जुनसुकै रंगको मसी प्रयोग गरेको भए पनि सो मतपत्रलाई मान्यता दिन आयोगले निर्देशन दिएको छ ।

निर्वाचन अायोगले शनिबार निकालेको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment