Comments Add Comment

सामसुङले ल्यायो ग्यालेक्सी जे थ्री को नयाँ संस्करण

सामसुङले आफ्नो जे सिरिजको लोकप्रिय जे थ्री स्मार्टफोनको नयाँ संस्करण जे थ्री (२०१७) सार्वजनिक गरेको छ ।

सामसुङले जे थ्री को नयाँ संस्करण अमेरिकामा सार्वजनिक गरेको हो । एन्ड्रोइड सेभेन नोगट अपरेटिङ सिस्टममा चल्ने यो फोनमा ५ इन्चको एचडी डिस्प्ले रहेको छ, जसको रिजोलुसन ७२० गुणा १२८० रहेको छ ।

यो फोनमा १.४ गिगाहर्जको क्वाडकोर सामसुङ एक्जिनस ७ क्वाड प्रोसेसर रहेको छ । साथै यसमा १.५ जिबीको र्‍याम रहेको छ ।

सामसुङ जे थ्री (२०१७) मा इन्टर्नल मेमोरी १६ जिबी रहेको छ । माइक्रो एसडी कार्डको सहायताले स्टोरेजलाई २५६ जिबीसम्म बढाउन सकिन्छ । यो फोनको मुख्य क्यामरा ५ मेगापिक्सेल र सेल्फी क्यामरा २ मेगापिक्सेल रहेको छ । ब्याक क्यामरामा एलइडी फ्लास पनि रहेको छ । साथै यसले फुल एचडी रेकर्डिङ गर्न सक्छ ।

कनेक्टिभिटीको कुरा गर्दा यसमा फोरजी एलटीइ, वाइफाइ, ब्लुटुथ तथा जिपिएस सपोर्ट रहेको छ । यसमा २६ सय मिलि एम्पियर आवर क्षमताको ब्याट्री रहेको छ । कम्पनीका अनुसार, यसले २३ घण्टाको टकटाइम तथा १७ दिनको स्टाण्डबाइ टाइम दिन्छ ।

यो स्मार्टफोनलाई अमेरिकामा एटी एण्ड टी नामक टेलिकम कम्पनीसँग लञ्च गरिएको छ । यसको मूल्य १७९.९९ डलर राखिएको छ ।

सामसुङले स्मार्टफोनलाई विश्वका अन्य बजारमा कहिलेसम्म ल्याउँछ भन्ने चाहिँ खुलेको छैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment